काठमाडौं- जाडोयाममा पनि राम्री देखिने अनेक तरिका छन्। त्यसैले जाडोमा आफूलाई न्यानो राख्दै यसरी बन्नूस् फेसनेबल।
– सधैं नर्मल फुल स्लिभ ज्याकेट मात्रै प्रयोगको साटो बेला-बेलामा हाफ स्लिभ ज्याकेट लगाउन सकिन्छ। यससँगै कुहिना र पाखुरासम्म आउने ‘ह्यान्ड वार्मर’ को प्रयोग गर्दा स्टाइलिस देखिन्छ।
– ‘लङ कोट’ले स्टाइलिस देखाउँछ र चिसो पनि धान्छ। महिला र पुरूष दुवैको रोजाइमा यो पर्दै आएको छ।
– महिलाहरूले क्रप्ड, ऊनी अथवा भित्र भुवा भएको स्कर्ट (फिलिस) लगाउँदा न्यानो हुन्छ। यससँगै हामीले लङ बुटको प्रयोग गरेर आफूलाई स्टाइलिस देखाउन सक्छौं। स्कर्टसँगै कम्मरसम्म आउने ज्याकेटको प्रयोगले पनि राम्रो हुन्छ।
– नर्मल, लेदरबाट बनेको तथा सानो बुट भने पाइन्टमा प्रयोग गर्दा राम्रो हुन्छ । पाइन्टमा हल्का ‘लुज’ खालको बुट नै आकर्षक देखिन्छ।
– लामो बाक्लो घाँटी छोप्ने ‘हाइनेक’ टिर्सटको सट्टामा ‘अफ सोल्डर टिर्सट’ पनि प्रयोग गर्न सकिन्छ। यस्ता टिर्सट लगाउँदा घाँटी तथा काँधका ‘ओपन’ भागलाई गल्बन्दीले आकर्षक तरिकाले ढाक्न सकिन्छ। अफ सोल्डर पहिरनमा गल्बन्दीलाई गोलाकार गरेर लगाँइदा अझ आकर्षक देखिन्छ।
– ‘ट्राउजर’ र ‘जकर्स’ जाडोको राम्रो विकल्प हुन सक्छन्। जाडोमा घुँडासम्म आउने फेसनेबल मोजा ‘लेग वार्मर’ लगाएर क्वाटर पाइन्ट पनि प्रयोग गर्न सकिन्छ।
– टोपीमा पनि धेरै छनोट छन्। कुनै मफ्लर एट्याचमा पाइन्छन्। यस्ता टोपीमा ‘ओपन’ खालका टिर्सट राम्रो देखिन्छ। कानसम्म छोप्ने छोटा टोपीमा कपाल खुला गर्दा पनि स्टाइसिल देखिन्छ।
– केटाहरू सामान्यता सर्ट, स्विटर, टिर्सट र पाइन्ट नै रोज्छन्। ‘स्टाइल कन्सस’ हुनेले ज्याकेटको सट्टा कोटको प्रयोग गर्न सक्छन्। कोटमा फुल स्लिभ, हाफ स्लिभ, फुल लेन्थ, काल्फ लेन्थ, लो लेन्थलगायत विभिन्न स्टाइल गर्ने सकिन्छ। नेचमा पनि डिजाइनका धेरै छनोट छन्। बुटको प्रयोग थप आकर्षक हुनसक्छ। जाडोमा जिन्ससँगै फेब्रिक, ऊनी तथा भित्र भुवा भएका पाइन्ट पनि धेरैको रोजाइमा पर्छन्।