नयाँ महाराजाहरूले
फरमान जारी गरे –
ए रैती हो !
मैले सुन्न चाहेको सुनाउनु
मैले चाहेको बोल्नु
मैले भनेजस्तै गर्नु
फरमान जारी गरे –
ए रैती हो !
मैले सुन्न चाहेको सुनाउनु
मैले चाहेको बोल्नु
मैले भनेजस्तै गर्नु
Advertisement
मेरो प्रशस्ती नगाए
कालकोठरीमा थुन्नेछु
मेरो विरोध गरे
तुरुङमा हाल्ने छु
यतिले पनि नमाने
तिमीलाई चौबाटोमा
झुण्ड्याउने छु
मेरो भजन गाऊ
प्रशस्ती सुनाऊ
दाम राख
सब चुप लाग
मुख थुनेर बस
किनकि …
देश अग्रगमनमा छ
हामीले चाहेको
नयाँ नेपाल बन्दैछ