• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धनगढीको डुबान समस्या समाधान गर्न ६ लेन सडकका दुबैतिर नाली निर्माणको शिलान्यास


बुधबार, माघ ०९, २०८१ मा प्रकाशित

कैलाली- धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न आज शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले नाली निर्माणको शिलान्यास गरेका हुन्।

Advertisement

धनगढी उपमहानगरपालिका–२ र ३ क्षेत्रको बर्सातको पानी मोहना नदीमा निकासका लागि ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको सात महिनापछि नाली निर्माणको काम सुरु भएको हो ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणको काम सुरु भएको छ। पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि इस्टिमेट भएको थियो। तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी/शुभलक्ष्मी/आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइज/चन्द्र विकाश/मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी पुष्प भट्टले बताए।

मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माणको काम थालिएको हो। बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत होलहरूसमेत निर्माण गरिने सहरी विकासले बताएको छ।

निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ। इन्जिनियर पुष्प भट्टले मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए ।

मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण बर्षातको समयमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दाले डुबानको समस्या झेल्दै आएका थिए । नाली निर्माण पछि उक्त समस्याको अन्त्य हुने छ ।

बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.