काठमाडौं- कुखुराको अण्डा मांशहारी मात्र होइन, कतिपय शाकाहारीले पनि खान्छन्। त्यसैले पौष्टिक तत्त्व प्राप्त गर्ने गतिलो माध्यम बनेको छ यो।
अण्डा पकाउन छिटो र खान पनि मीठो। तर, अण्डा खरिद गर्दा बिग्रिएको छ कि छैन भन्ने हेक्का नहुन सक्छ।
अण्डा बिग्रिएको छ कि छैन भन्ने हेरेर थाहा पाउने कुरा पनि भएन। यसको उत्पादन मिति पनि हुने कुरा भएन। तर, धेरै झण्झट मान्नु पर्दैन। अण्डाको अवस्था थाहा पाउने केही काइदा छन्।
चिसो पानीमा डुबाउनूस्
– अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नूस्। पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ।
– ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा टासिन्छ। यस्तो अण्डा खानु सुरक्षित हुन्छ।
– अण्डा केही पुरानो छ भने न पूरा पानीमा डुब्छ, न पूरै तैरिन्छ। एक साता पुरानो अण्डा यस्तो हुन्छ, जुन छिटो खाइहाल्नुपर्छ।
– यदि अण्डाको पातलो भाग तल र मोटो भाग बाहिर रह्यो भने यसको अर्थ अण्डा कम्तिमा तीन साता पुरानो हो।
– यदि अण्डा पानीको सतहमा तैरिन लाग्यो भने बुझ्नूस् त्यो खराब भइसकेको छ। यस्तो अण्डा खानु विषसमान हुन्छ।
हल्लाएर हेर्नूस्
अण्डालाई कान अगाडि लैजानूस् र हल्लाउनूस्। यदि आवाज आयो भने बुझ्नूस् अण्डा बिग्रिसकेको छ। कुनै आवाज आएन भने अण्डा खानयोग्य छ भनेर जान्नूस्।
कतै भ्रुण त बनेको छैन ?
– कतै अण्डामा भ्रूणको विकास त भएको छैन भन्ने यदि तपाईंलाई डर छ भने ध्यान राख्नूस्। जब ठूलो परिमाणमा अण्डा उत्पादन हुन्छ, त्यतिबेला कुखरा कुखुरीको सम्पर्कमा हुँदैनन्।
– यदि कुखुरी कुनै सानो फारमबाट आएका छन्, जहाँ कुखुरा उपलब्ध छन् भने अण्डामा भ्रूणको विकास भएको हुन सक्ने सम्भावना रहन्छ। चिसो अण्डामा कुनै प्रकारको निषेचन हुँदैन।