• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गर्भवती बन्‍न ‘अण्डोत्सर्ग’को समयमा सेक्स


    Avatar photo
शनिबार, माघ ०५, २०८१ मा प्रकाशित

काठमाडौं- कुनै पनि महिलाको जीवनको सुखद अनुभूति हो, आमा बन्‍नु। ईश्‍वरले महिलालाई अर्को जिन्दगी पैदा गर्ने अदभूत शक्ति दिएका छन्।

Advertisement

तर, आजको र व्यस्त जीवनशैलीको असर महिलाहरूको प्रजननमा पर्न थालेको छ। त्यसैले महिलाहरूले गर्भधारण गर्न विभिन्‍न व्यवधान सामना गर्नुपरिरहेको छ। जब कि, एउटा स्वस्थ गर्भधारण गर्नलाई स्वस्थ जीवनशैली हुनु अत्यन्त जरुरी छ।

डाक्टरलाई भेटौं

गर्भवती हुने योजना बनाउनुअघि डाक्टरसँग सल्लाह लिनूस् र आफ्नो जाँच गराउनूस्। तपाईंले गर्भधारण गर्न कुनै मेडिकल समस्या त छैन भन्‍ने यसबाट पत्ता लाग्‍ने छ। जस्तो- एसटीडी (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज)।

मेडिकल जाँचबाट तपाईं शारीरिक तथा मानसिक रूपमा गर्भधारणका लागि तयार हुनुहुन्छ भन्‍ने सुनिश्‍चित हुनेछ। यस्तै, डिम्बग्रन्थी अल्सर, फाइब्राइड, इन्ड्रोमेट्रिओसिस, गर्भाशयको अवस्थाको जाँच हुन्छ।

‘अण्डोत्सर्ग’को समयमा गर्नूस् सेक्स

बच्चा पैदा गर्नका लागि महिलाको डिम्ब डिम्बासयबाट निस्किएको २४ घण्टाभित्रै फर्टिलाइज हुनुपर्छ। पुरुषको शुक्राणु महिलाको प्रजनन अंगमा ४८ देखि ७२ घण्टासम्म मात्रै जीवित रहन्छ।

बच्चा पैदा गर्न डिम्ब र शुक्राणुको मिलन हुनुपर्छ। त्यसैले अण्डोत्सर्गका क्रममा कमसे कम ७२ घण्टामा एकपटक सेक्स गर्नैपर्छ। यसरी सेक्स गर्दा पुरुष महिलाको माथि हुनुपर्छ अन्यथा शुक्राणु चुहिने सम्भावना रहन्छ। साथै, पुरुषले ४८ घण्टामा एक पटकभन्दा बढी वीर्यस्खलन गर्नु हुँदैन। अन्यथा, उसको शुक्राणु संख्या निकै तल आउन सक्छ र निषेचन गर्न पर्याप्त नहुन सक्छ।

अण्डकोषलाई गर्मीबाट टाढा राख्‍नूस्

सेक्सका क्रममा यदि अत्यधिक तापक्रममा शुक्राणु निस्कियो भने त्यो मृत वा निश्क्रिय हुन सक्छ। त्यसैले शुक्राणु निर्माण हुने अण्डकोषलाई गर्मीबाट जोगाउनुपर्छ। गाडीमा चढ्दा हावा पास हुने सिट प्रयोग गर्नुस्। धेरै तातो पानीले यौन अंगलाई नधुनूस्। आगोको भट्टी वा अन्य गर्मी स्थानमा अबेरसम्म काम गर्ने पुरुषहरूले रेडियोएक्टिभ किरणहरूबाट बच्‍नुपर्छ।

वजन कम गर्नूस्

कतिपय अवस्थामा महिलाहरूको वजन बढी भएर पनि गर्भधारणमा समस्या आउँछ। किनकि, यस प्रक्रियामा उनीहरूको वजन अर्थात् शरीरमा जमेको बोसोले बाधा गर्छ। एउटा शिशुलाई जन्म दिन महिला र पुरुष दुवै स्वस्थ रहन अत्यावश्यक हुन्छ। अत्यधिक वजन भएका महिलाहरूलाई प्रजननमा समस्या हुन्छ। त्यसैले मोटा महिलाहरूले गर्भधारणको प्रयास गर्नुभन्दा अगाडि दुई वा तीन महिनासम्म व्यायाम वा योगद्वारा आफ्नो वजन कम गर्नु बुद्धिमानी हुन्छ।

तनावमुक्त रहनूस्

गर्भधारणका क्रममा तनावमुक्त रहनु अत्यावश्यक छ। बढी तनावले पुनरुत्पादन कार्यमा प्रभाव पार्छ। तनावले कामवासना प्रभावित हुन्छ। जटिल अवस्थामा महिलाहरूको महिनावारीमा पनि प्रभाव पर्छ। तनावबाट टाढा रहेर तपाईं आफ्नो दाम्पत्य सम्बन्धको मजा लिन सक्नुहुन्छ। र, गर्भवती हुन सक्नुहुन्छ। तनावमुक्त रहन नियमित श्‍वासप्रश्‍वास अभ्यास र रिल्याक्सेसन विधि अपनाउनूस्।

खानपानमा ध्यान दिनूस्

चाँडै गर्भधारण गर्न ती चिजहरूको सेवन गर्नूस्, जसमा फोलिक एसिड हुन्छ। दालमा फोलिक एसिडका साथै प्रोटिन पनि हुने भएकाले गर्भवती हुन दाल पिउनु राम्रो हुन्छ। हरियो पत्तेदार सागले तपाईंलाई तन्दुरुस्त बनाउन मात्र सहयोग गर्दैन, गर्भधारणमा पनि मद्दत गर्छ। यदि कोही महिलाको महिनावारी नियमित छ र पनि गर्भवती हुन सकिरहेकी छैनन् भने उनले महिनावारीका दिनमा तुलसीको बीउ चपाउने वा काँढा बनाएर सेवन गर्दा गर्भधारण हुन सक्छ।

औषधि सेवनबाट बच्‍नूस्

कोही महिलाहरू यस्ता हुन्छन्, जो हाछ्यूँ आउँदा पनि औषधि खान थाल्छन्। तर, अधिक औषधि सेवनले महिलाको प्रजनन क्षमतामा असर पर्न सक्छ। त्यसैले, औषधिको उपयोग सकभर कम गर्नूस्। कुनै पनि औषधि खान थाल्नु वा छोड्नुभन्दा अगाडि चिकित्सकको सल्लाह लिनु उत्तम हो।

नशाबाट बच्‍नूस्

ड्रग्स, नशालु औषधि, चुरोट वा मदिरा सेवनले पुरुष र महिला दुवैको हार्मोनको सन्तुलन बिगार्न सक्छ। यसले तपाईंको प्रजनन क्षमतालाई पूर्ण प्रभावित पार्न सक्छ। र, जन्मने बच्चामा पनि जन्मजात बिसंगत हुन सक्छ। त्यसैले, यस्ता चिजहरूको सेवनबाट टाढा रहनूस्।

शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.