नयाँदिल्ली- सर्दीमा जाडोबाट बच्न मानिसहरू ऊनीका कपडा लगाउँछन्। ठन्डीबाट बच्न स्विटर, ऊनीको टोपी र मोजा लगाएरै सुत्ने बानी हुन्छ कतिपयको। तर, यो शरीरका लागि खतरनाक आदत हो।
त्यसले धेरै प्रकारका स्वास्थ्य समस्या निम्त्याउँछ। खासगरी, ऊनीका कपडा मोटा र गरम हुन्छन्। त्यस्ता कपडा लगाएरै सुत्दा शरीरलाई आराम प्राप्त हुँदैन। त्यसका कारण निन्द्रा पनि डिस्टर्ब हुन सक्छ।
ऊनमा थर्मल इन्सुलेसन राम्रो हुन्छ। ऊनले आफ्नो रेशा भित्रबाट हावा पास हुन दिँदैन। र, शरीरबाट उत्पन्न हुने गर्माहट बाहिर निस्किन दिँदैनन्।
त्यसैले ऊनीका कपडा लगाएरै सुत्दा शरीरमा अतिरिक्त गर्मी पैदा हुन सक्छ। त्यसबाट पसिना आउँछ र अनिद्रा र छालाको इन्फेक्सनको कारण बन्न सक्छ।
ओभर हिटिङ र त्यसका कारण उत्पन्न हुने पसिनाले छाला चिलाउने र एलर्जी गराउँछ। खासगरी, जसलाई यसअघि नै छालामा एलर्जी छ, उनीहरूले स्विटर लगाएर सुत्नबाट बच्नुपर्छ।
धेरै न्याना कपडाले शरीरमा अक्सिजन छिर्न पनि पाउँदैन। र, सुतिरहेको बेला शरीरलाई अटसमटस गराइदिन्छ। यस्तै, स्विटर लगाएर सुत्दा शरीरमा उत्पन्न भएको गर्मी पनि बाहिर निस्किन पाउँदैन। त्यसबाट उच्च रक्तचाप र हृदयाघातको जोखिम पनि निम्त्याउँछ।
भास्कर डट कमबाट