मेलबर्न- २२ फेब्रुअरी १४९८ मा क्रिस्टोफर कोलम्बसले लिखित आदेश दिएका थिए- इटालीको बन्दरगाह शहर जेनेआमा उनको सम्पत्ति उनको परिवारका लागि राखिने छ। ‘किनकि, म यहींबाट आएको हुँ र यहीं पैदा भएको हुँ,’ उनले भनेका थिए।
तथापि, अधिकांश इतिहासकार त्यस दस्तावेजलाई संसार प्रसिद्ध अन्वेषक कोलम्बसको जन्मस्थानबारे एक ‘कट एन्ड ड्राई’ रेकर्ड मान्छन्। केहीले त्यसको प्रामाणिकताबारे प्रश्न उठाउँदै आएका छन्। र, कथामा अरू नै थप कुरा हुन सक्ने उनीहरूको तर्क छ।
स्पेनको ग्रेनेडा विश्वविद्यालयका फोरेन्सिक वैज्ञानिक जोस एन्टोनियो लोरेन्टले गरेको दशकौं पुरानो अनुसन्धान अब उनको दाबीमाथि समर्थनका रूपमा सामुन्ने आएको छ। किनकि, उनको अनुसन्धानले भन्छ- कोलम्बस इटालीका थिएनन्। उनी वास्तवमा स्पेनको कुनै यहुदी वंशका माता-पिताको घरमा जन्मेका थिए।
स्पेनको नेसनल इन्स्टिच्युट अफ टक्सिकोलोजी एन्ड फरेन्सिक साइन्सेजका पूर्व निर्देशक एन्टोनिया अलोन्सोले स्पेनी समाचार सेवा एल पेसमा म्यानुअल एन्सेडे तथा नुनो डोमिन्गुएजसँग भनेका छन्, ‘दुर्भाग्य थियो, हामीले वास्तवमा त्यो मूल्यांकन गर्न सक्दैनौं कि यसअघिको वृत्तचित्रमा के थियो। उनीहरूले विश्लेषणका रूपमा कुनै आँकडा प्रस्तुत गरेका थिएनन्। वृत्तचित्रमा कोलम्बसको डीएनए कहिल्यै देखाइएको थिएन। त्यसैले वैज्ञानिक रूपमा गरिएको विश्लेषण वृत्तचित्रमा उल्लेख थिएन।’
कोलम्बसको डीएनए परीक्षणबाट मात्र उनको पारिवारिक इतिहास प्राप्त हुनु स्वाभाविकै थियो। हालसम्म उनी १४ अक्टोबर १४९२ मा इटालीको जेनेओमा जन्मेको बताइँदै आएको छ। तथापि, उनी स्पेनमा यहुदी परिवारमा जन्मेको नयाँ डीएनए परीक्षणबाट खुलासा भएको छ।
२० वर्षको उमेरमा उनी धनी संरक्षकहरूको खोजीमा पश्चिमतर्फ लागेका थिए। र, पोर्चुगलको लिस्बन पुगेका थिए। त्यसपछि उनी अर्को दिशातर्फ मोडिन तम्तयार भएका थिए। खासगरी, उनको लक्ष्य पूर्वतर्फ थियो। भारत पत्ता लगाउन हिँडेका उनी अमेरिका पुगेका थिए । र, त्यहाँ उनैले नाम दिएका रेड इन्डियन जाति पत्ता लगाएका थिए।
स्पेनमा धार्मिक उत्पीडन र जातीय सफायाका कारण उनी जन्मथलो छाडेर इटाली पुगेका थिए। लोरेन्टे र उनी नेतृत्वको शोधकर्ताहरूको टोलीले टेलिभिजनमा प्रसारित विशेष कार्यक्रममा कोलम्बसमा छोरा फर्डिनान्ड र भाइ डिएगोका अवशेषबाट लिइएको वाई गुणसूत्र तथा माइटोक्रोन्ड्रियल डीएनएको विश्लेषणबाट उनी स्पेनिस या सेफर्डिक यहुदी समुदायका व्यक्ति भएको खुलासा भएको हो। तर, युरोपमा यहुदीहरूको जातीय सफाया अभियानका कारण उनले आफ्नो वास्तविक परिचय लुकाएको अनुमान वैज्ञानिकहरूको छ।
यी तथ्यमाथि थप अनुसन्धान आवश्यक भएको वैज्ञानिकहरूले बताएका छन्। किनकि, कुनै व्यक्तिको योगदान उसको आनुवंशिकताभन्दा धेरै माथि हुन्छ। अझै पनि कोलम्बसको कथा एक इटालेली नाविकको कहानी हो।
साइन्स अलर्टबाट