• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

५ दशकपछि बंगलादेश फर्किँदै पाकिस्तानी सेना, भारतलाई चुनौती ?


    Avatar photo
शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

काठमाडौं- ‘पूर्वी पाकिस्तान’ गुमाएको पाँच दशकपछि पाकिस्तानी सेना बंगलादेश फर्किने भएको छ। सन् १९९७१ को स्वतन्त्रता युद्ध हारेर पूर्वी पाकिस्तान बंगलादेशलाई सुम्पिएको पाकिस्तानी सेनालाई ‘शेख परिवारको विरासत’ ढलेसँगै फर्किने साइत जुरेको हो। आगामी फेब्रुअरी २०२५ मा पाकिस्तानी सेनाको बंगलादेश फिर्तीको खतराबारे भारतमा चर्चा शुरु भएको छ।

Advertisement

पाकिस्तानी सेनाका ‘चिफ अफ स्टाफ’ अध्यक्ष जनरल साहिर शमशाद मिर्जाले बंगलादेशसँग सैन्य प्रशिक्षणको प्रस्ताव गरेको भारतीय मिडिया ‘वान इन्डिया’ले जनाएको छ। उनको बंगलादेशको सैन्य प्रशिक्षण केन्द्रहरूको भ्रमण र सैन्य अधिकारीहरूलाई सम्बोधन गर्ने प्रस्ताव बंगलादेशले स्वीकार गरिसकेको छ।

पाकिस्तानी सेनाले बंगलादेशी सेनालाई प्रशिक्षण गर्ने छ। भारतीय मिडिया ‘इकोमोमिक टाइम्स’ले स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सेनाका मेजर जनरल तहका अधिकारीहरूले बंगलादेश सेनाका अधिकारीहरूलाई प्रशिक्षण दिने तयारी रहेको उल्लेख गरेको छ।

यसअघि बंगलादेश पाकिस्तानविरुद्ध कति सख्त थियो भन्‍ने बुझ्‍न सन् २०२२ मा फर्किनुपर्छ। तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पाकिस्तानी युद्धपोत ‘पीएनएस तैमुर’लाई चटगाउँमा होल्ड गर्नसमेत अनुमति दिएकी थिइनन्। उनको बहिर्गमनपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार बनेका मोहम्मद युनुसले बंगालको खाडीमा पाकिस्तानी सेनासँग संयुक्त सैन्य अभ्यास नै गर्ने तयारी गरेका छन्।

यस्तै, बंगलादेशी सेना पनि आगामी ७-११ फेब्रुअरीमा पाकिस्तानको कराँचीमा हुने बहुराष्‍ट्रीय नौसेना अभ्यास ‘एएमएएन २०२५’ मा सहभागी हुने भएको ‘फस्र्ट पोस्ट इन्डिया’ले उल्लेख गरेको छ। पाकिस्तानी सेनासँगको सैन्य अभ्यास भारतका लागि चिन्ताको विषय हुने जानकारहरू बताउँछन्।

भारतलाई के असर गर्छ ?

बंगलादेश स्वतन्त्रतापछि पनि करिब दुई दशकसम्म पाकिस्तानी सेनाबाट प्रशिक्षित अधिकारीहरूले बंगलादेशी सेनाको नेतृत्व गरेका थिए। जुन समय भारत-बंगलादेश सम्बन्धमा उच्च तनाव देखिन्थ्यो। अहिले पनि पाकिस्तानी सेनाको प्रशिक्षण पाएका बंगलादेशी सेनाहरूमा भारतविरोधी विचारधारा विकास हुनेमा भारत चिन्तित रहेको जानकारहरू बताउँछन्।

बंगलादेशमा पाकिस्तानी सेनाको उपस्थितिले भारतको उत्तरपूर्वी राज्यका लागि चुनौती थपिने फस्र्ट पोस्ट इन्डियाको रिपोर्टमा उल्लेख छ। जहाँ चीनले पनि आफ्नो दाबी गर्दै आएको छ। जुन भारतका लागि चुनौती बन्‍ने छ। किनभने पाकिस्तान पछिल्लो समय चीन निकट मानिन्छ।

त्यसका अलावा बंगलादेशले पाकिस्तानबाट सैन्य सामग्री खरिद शुरु गरेको छ। फाइनान्सियल एक्सप्रेस डटकमका अनुसार बंगलादेशले पाकिस्तानको सैन्य हतियार कारखानामा बनेका ४० हजार राउन्ड गोलाबारुद, ट्यांकका लागि २ हजार गोलाबारूद, ४० टन आरडीएक्स विष्‍फोटक र २ हजार ९०० उच्च-तीव्रताका प्रोजेक्टाइलहरू अर्डर गरेको छ।

यस्तै, बंगलादेश-पाकिस्तान सीधा समुद्री सम्पर्क पनि स्थापना भइसकेको छ। सीधा समुद्री पहुँच र हतियार खरिद सम्झौताले भारतमाथि सुरक्षा चुनौती थपिएको छ। बीबीसीका अनुसार पाकिस्तान-बंगलादेश सीधा सम्पर्कले भारतका उत्तर-पूर्वी राज्यमा सुरक्षा खतरा बढ्ने भारतको चिन्ता छ। जानकारहरूको भनाइमा जहाजमार्फत पाकिस्तानबाट अवैध हतियारहरू बंगलादेश हुँदै चरमपन्थी समूहको हातमा पुग्‍न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

भारतीय सुरक्षा एजेन्सीहरूले भारतीय भूमिमा सक्रिय अधिकांश आतंककारी समूहहरूको कनेक्सन पाकिस्तानी सेनाको इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आईएसआई)सँग रहेको दाबी गर्दै आएको छ। जम्मु-कश्मीर र पञ्‍जाबलगायत क्षेत्रमा पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गर्दै आएको भारतले आरोप लगाउँदै आएको छ। जसकारण दुई देशीय सम्बन्ध अत्यन्तै खराब चलिरहेको छ।

पाकिस्तानसँग नजिकिँदै बंगलादेश

जानकारहरूका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाले देश छोडेसँगै भारत-बंगलादेश सम्बन्ध सबैभन्दा कमजोर बनेको छ। हसिनाको पालामा बंगलादेशमा भारत हाबी भएकाले उसले पाकिस्तानसँग राम्रो सम्बन्ध बनाउन नपाएको जानकारहरू बताउँछन्।

हसिना सत्ताबाट हटेपछि बंगलादेश-पाकिस्तान सम्बन्धमा सुधारको संकेत देखिएको छ। पाकिस्तान टुक्रिएर बंगलादेश बनेको ५३ वर्षपछि इतिहासमै पहिलोपटक दुई देशबीच सीधा समुन्द्रिक सम्पर्क कायम भएको छ। गत ११ नोभेम्बरमा पाकिस्तानी कन्टेनर जहाज सीधा बंगलादेशको चटगाउँ बन्दरगाहमा अनलोड भएको थियो। यसअघि पाकिस्तानबाट बंगलादेशमा हुने व्यापार श्रीलंका र सिंगापुरबाट हुने गरेको थियो।

जानकारहरूका अनुसार बंगलादेशले भारतमाथिको परनिर्भरता कम गर्ने कोशिस गरिरहेको छ। बंगलादेशले पाकिस्तानबाट २५ हजार टन चिनी खरिद गर्ने सम्झौता पनि गरेको छ। अहिलेसम्म भारतबाट मात्र चिनी आयात गर्दै आएको थियो।

यस्तै, बंगलादेशले ढाका युनिभर्सिटीमा पाकिस्तानी विद्यार्थीलाई अध्ययनको अनुमति दिन थालेको छ। संशोधित नीतिअनुसार पाकिस्तानी विद्यार्थीले ढाका विश्‍वविद्यालयमा र बंगलादेशी विद्यार्थीले पाकिस्तानमा अध्ययन गर्न पाउने छन्। यस्तै, बंगलादेशी नागरिकका लागि पाकिस्तानले भिसा प्रक्रिया सहज बनाइदिएको छ। बंगलादेशले पनि पाकिस्तानी नागरिकलाई भिसा दिन आवश्यक सुरक्षा जाँचको नियम हटाएको छ।

बीबीसीका अनुसार बंगलादेशका लागि पाकिस्तानका उच्चायुक्त सैयद अहमद मारुफले एक टेलिभिजन अन्तर्वार्तामा इस्लामावाद र ढाकाबीच सन् २०२५ मा सीधा हवाई सम्पर्क शुरु हुने बताएका छन्। यद्यपि, दुई देशबीच सीधा हवाई उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्नु पर्नेछ। भारतले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिने सम्भावना शून्यप्रायः रहेको जानकारहरू बताउँछन्।

भारत-बंगलादेश तनाव

‘हसिना विरासत’ ढलेपछि भारतले बंगलादेशी अल्पसंख्यकहरूमाथि भइरहेको आक्रमणको लगातार निन्दा गर्दै आएको छ। विशेषगरी त्यहाँका हिन्दू समुदायमाथि भइरहेका ज्यादतीविरुद्ध भारतले खबरदारी गर्दै आएको छ।

बंगलादेशले भने हिन्दूमाथिको दमन अस्वीकार गर्दै यी विषय बंगलादेशको आन्तरिक मामला भएकाले बंगलादेश समाधानका लागि आफैं सक्षम रहेको जवाफ फर्काएको छ। भारतको व्यवहार बंगलादेशको आन्तरिक मामिलामा हस्तक्षेप र सार्वभौमसत्ता र स्वतन्त्रताको विरुद्ध भएको चेतावनी दिएको छ।

बंगलादेशी प्रमुख पार्टीहरूले हसिनाको बहिर्गमन भारतले पचाउन नसकेको भन्दै भारतलाई निशाना साँध्न थालेका छन्। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सत्तारुढ भारतीय जनता पार्टीले हिन्दूको नाममा बंगलादेशविरुद्ध प्रोपोगन्डा फैलाइरहेको दाबी गरेको छ।

दुई देशको जुहारीले द्विपक्षीय सम्बन्ध थप बिग्रन सक्ने कूटनीतिक मामलाका जानकारहरू बताउँछन्। राजनीतिक तहमा तनावपूर्ण दुई देशको सम्बन्धमा जनस्तरमा समेत तनावको माहोल बन्‍न थालेको छ। बंगलादेशी र भारतीय नागरिकहरू एकअर्कोविरुद्ध अपमानमा उत्रिन थालेका छन्। अर्को देशको राष्‍ट्रीय झण्डाको अपमानदेखि नागरिकहरूमाथि पनि आक्रमण र निषेधका घटना बढ्न थालेका छन्। भारत-बंगलादेश तनाव बढ्दै जाँदा पाकिस्तान-बंगलादेश दूरी घट्ने संकेत देखिन थालेको छ।

भारतसँगको सम्बन्ध तनावपूर्ण बनेपछि बंगलादेशमा पाकिस्तान हावी हुन थालेको छ। पाकिस्तान विभाजित भएर बंगलादेश बनेदेखि चिसिएको सम्बन्ध सुधारमा देखिएका नयाँ नयाँ घटनाक्रमले पनि पुष्‍टि गरेका छन्।

बंगलादेशसँग सम्बन्ध सुधारमा भारत

९ डिसेम्बर २०२४ मा भारतीय विदेश सचिव बिक्रम मिश्री वायुसेनाको विमान चढेर बंगलादेशको राजधानी ढाका पुगेका थिए। एकदिवसीय भ्रमणका लागि ढाका पुगेका मिश्रीको भ्रमण नै शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा भारतबाट भएको पहिलो उच्चस्तरीय थियो।

मिश्रीले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र बंगलादेशी समकक्षी मोहम्मद जशिम उद्दिनसँग भेटवार्ता गरेका थिए। युनुससँगको भेटवार्तामा उनले दुई देशबीचको सम्बन्धमा मडारिएको कालो बादल हटाउन आह्वान गरेको र युनुसले पनि दुई देशबीचका समस्याहरू समाधान गर्न बंगलादेश प्रतिबद्ध रहेको बताएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

युनुससँगको भेटवार्ताका क्रममा बंगलादेशमा सांस्कृतिक, धार्मिक र कूटनीतिक सम्पदाहरूमा भएका खेदजनक आक्रमणका घटनाहरू बारे छलफल भएको र भारतले बंगलादेशबाट यी मुद्दाहरूमा रचनात्मक दृष्‍टिकोणको अपेक्षा गरेको मिश्रीले समाचार संस्था रोयटर्सलाई बताएका थिए।

बंगलादेशी समकक्षी मोहम्मद जशिम उद्दिनसँग मिश्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले औपचारिक छलफलसमेत गरेको थियो। दुवै पक्षबीच राजनीतिक र सुरक्षाका मुद्दा, सीमा व्यवस्थापन, व्यापार, कनेक्टिभिटी, पानी र ऊर्जा क्षेत्रमा सहयोग, विकास सहयोग, कन्सुलर, सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धलगायत विषयमा विस्तृत छलफल भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

उनीहरूबीच उप-क्षेत्रीय, क्षेत्रीय र बहुपक्षीय मुद्दाहरूमा पनि विचार आदानप्रदान र बिमस्टेक फ्रेमवर्कअन्तर्गत क्षेत्रीय एकतालाई अघि बढाउन परामर्श र सहयोग बढाउने विषयमा छलफल भएका थिए। सचिव मिश्रीको भ्रमणले भारत र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिनुका साथै द्विपक्षीय मुद्दाहरूको सम्बोधनमा मद्दत पुग्‍ने भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ।

शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.