नयाँदिल्ली- जाडोयाम बालबालिकाका लागि चुनौतीपूर्ण हुन्छ। चिसो तापमान, सुक्खा हावा र बढी समय घरभित्रै बिताउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ।
त्यसैले सर्दीबाट बचाउन बालबालिकाको स्याहारसुसार अत्यावश्यक हुन्छ। थोरै लापरवाहीबाट पनि उनीहरूमा रुघाखोकी, फ्लू, ब्रोंकाइटिस र निमोनियाको जटिलता हुन सक्छ।
जाडोयाममा बालबालिकामा रेस्पिरेटरी इन्फेक्सनको खतरा बढ्छ। तथापि, राम्रो स्याहारसुसारबाट उनीहरूलाई बचाउन सकिन्छ।
जाडोमा हुने श्वाससम्बन्धी बिरामी
– रुघाखाकी- यसमा नाकबाट सिंगान बग्ने, ज्वरो र घाँटी खराब हुन्छ
– फ्लू- यसमा ज्वरो, शरीर दुख्ने र घाँटी खस्खसाउने समस्या हुन्छ
– ब्रोंकाइटिस- यसमा तीव्र खोकी लाग्ने र श्वास लिन कठिनाइ हुन्छ
– निमोनिया- यसमा ज्वरो र सास फेर्न समस्या र छाति दुख्छ
– दम- यसमा सास फेर्न गाह्रो हुने र खोकी लाग्छ। छाती पनि अत्यधिक दुख्छ।
श्वासप्रश्वासमा इन्फेक्सनका लक्षण
– नाकबाट सिंगान बग्ने र नाक बन्द हुने
– सुक्खा खोकी लाग्छ
– घाँटी खस्खसाउँछ र ज्वरो आउँछ
– सास फेर्दा घ्यारघ्यार आवाज आउँछ
– सास फेर्न कठिनाइ हुन्छ
– चिडचिडापन देखिन्छ
– आँखा राता हुन्छन्
श्वासप्रश्वासको इन्फेक्सनबाट बचाउने उपाय
– बालबालिकालाई मन तातो पानीले हात धुन सिकाउने
– खोक्दा र हाछ्यूँ गर्दा मुख र नाक ढाक्न सिकाउने
– भाइरल इन्फेक्सनको खतराबाट टाढा राख्ने
– खानामा फल, सब्जी र ड्राई फुड्स दिऊँ
– न्याना कपडा लगाइदिऊँ र मनतातो पानीले मात्र नुहाइदिऊँ
– बच्चाको अघिल्तिर र घर वरिपरि चुरोट नतानौं
– सुप, हर्बल चिया र मनतातो पानीबाट बालबालिकालाई हाइड्रेटेड राखौं
– कुनै असामान्य लक्षण देखिनासाथ चिकित्सकलाई देखाऊँ
भास्कर डट कमबाट