सर्लाही– तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ।
Advertisement
गए राति बागमती प्रदेश०१-००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो। बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए।
प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ।