नयाँदिल्ली- कार्यालयमा बसिरहँदा निन्द्रा लाग्छ ? कारण हुन सक्छ, डिमेन्सिया।
विश्व प्रसिद्ध जर्नल न्युरोलोजीमा प्रकाशित एक अध्ययनअनुसार जसलाई दिउँसो निन्द्रा लाग्छ, उनीहरूमा डिमेन्सियाको जोखिम हुन सक्छ। दिउँसो निन्द्राले सताउने ३३.५ प्रतिशत मानिसमा मोटरिक कग्निटिभ रिस्क सिन्ड्रोम हुन सक्छ। यसलाई डिमेन्सियाको शुरुवाती स्टेज मानिन्छ।
अमेरिकन एकेडेमी अफ फ्यामिली फिजिसियन्सका अनुसार दिउँसो निन्द्रा लाग्नुका धेरै कारण हुन्छन्। त्यसमा मौसममा परिवर्तन एक सामान्य कारण हो। यस्तै, स्लिपिङ डिसअर्डर, डिप्रेसनजस्ता गम्भीर कारण पनि हुन सक्छन्।
चिकित्सकहरूका अनुसार हाम्रो शरीरले रातमा आफ्नो डिटोक्स र मेन्टेनेन्स प्रक्रिया पूरा गर्न सक्दैन। र, दिउँसो निन्द्रा लाग्छ। कुनै बिरामीका कारण राति शरीरले आफ्नो प्राकृतिक प्रक्रिया पूरा गर्न पाउँदैन।
अमेरिकन एकेडेमी अफ फ्यामिली फिजिसियन्सका अनुसार संसारका २० प्रतिशत मानिसलाई दिउँसो निन्द्रा लाग्छ। स्लिप एप्निया, डिप्रेसन या अन्य कुनै बिरामीका कारण गम्भीर स्लिप डिसअर्डर हुन्छ।
दिउँसो निन्द्रा लाग्नुका कारणहरू
– अत्यधिक थकान
– मौसममा बदलाव
– कुनै स्लिप डिसअर्डर
– भिटामिन बी-१२ र भिटामिन-डीको कमी
– एन्जाइटी या डिप्रेसन
– कुनै न्युरोलोजिकल डिसअर्डर
– डिमेन्सिया
– थाइराइड डिसअर्डर
– क्यान्सर
– कुनै औषधिको साइड इफेक्ट
भास्कर डट कमबाट