मनिष अर्याल
Advertisement
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीसँगै दुई वर्षसम्म हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि देशभर एकसाथ परीक्षा सञ्चालन भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदै छ ।

परीक्षा आगामी २० गतेसम्म सञ्चालन हुने छ । यसपटकको एसईई परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन् । जसमध्ये दुई लाख ५७ हजार ९२७ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा छन् । परीक्षा सञ्चालन गर्न देशभर दुई हजार ७ परीक्षा केन्द्र तोकेको छ ।






