नयाँदिल्ली- जाडोयाममा खासगरी बिहानीपख शरीरका जोर्नीहरू दुखेको अनुभूति हुन्छ। कसैलाई कम र कसैलाई बढी दुखेको अनुभूति हुन्छ।
चिकित्सकहरूका अनुसार जाडोमा जोर्नीको दुखाइ साझा समस्या हो। यसका धेरै कारण छन्। खासगरी, जाडोमा तापक्रम कम हुनाले रक्त प्रवाह कम हुने गर्छ। र, जोर्नीहरूमा दुखाइ महशुस हुन्छ।
यस्तै, शारीरिक गतिविधि कम हुँदा र मुडमा बदलाव आउँदा जोर्नीमा असर पुग्छ।
त्यसैले जो मानिस आर्थराइटिसबाट पीडित हुन्छ, उनीहरूमा जाडोमा जोर्नीको दुखाइ पनि बढी महशुस हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारका ५२.८ करोड मानिस ओस्टियो-आर्थराइटिसबाट पीडित छन्। यस्तै, करिब १ करोड ७६ लाख मानिस रुमेटाइड आर्थराइटिसबाट पीडित छन्।
यी सबैमा जाडोयाममा जोर्नी सुन्निने र दुख्ने समस्या ज्यादा देखिन्छ। र, जाडोमा हिँडडुल गर्न पनि उनीहरूलाई मुश्किल हुन्छ।
जाडोमा जोर्नी दुख्नुका कारण
– रक्त प्रवाह कम हुने भएकाले
– जोइन्ट फ्लुइड गाढा हुने भएकाले
– शारीरिक गतिविधि कम हुँदा
– इम्युन रेस्पोन्स बढेका कारण हुने इन्फ्लेमेसनका कारण
– जाडोमा एन्जाइटी र डिप्रेसन बढ्दा
– शरीरमा भिटामिन-डीको कमी हुँदा
– ब्यारोम्याट्रिक प्रेसरमा बदलावका कारण
– मौसमको हिसाबबाट डाइटमा परिवर्तन नगरिँदा
कसरी बच्ने ?
– जाडोमा धेरै चिसो ठाउँमा नबसिरहनूस्
– न्यानो कपडा र जुत्ता लगाउनूस्
– नियमित शारीरिक व्यायाम गर्नूस्
– शरीरलाई हाइड्रेटेड राख्नूस्। अर्थात्, प्रशस्त पानी पिउनूस्।
– तनाव व्यवस्थापन गर्नूस्
– तौललाई नियन्त्रणमा राख्नूस्
– एन्टी इन्फ्लेमेटरी डाइट खानूस्
– मौसमी फलफूल र सब्जीहरू खानूस्
– दैनिक ७ घण्टा भरपूर निन्द्रा लिनूस्
– धुम्रपानबाट टाढा बस्नूस्