• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

अधिकांश अपांगताको सम्भव छ उपचार !


    Avatar photo
मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

 

Advertisement

काठमाडौं- आज अपांगता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्‍ट्रीय दिवस। संसारभर कुनै पनि प्रकारका अपांगता भएका व्यक्तिहरूलाई उनीहरूको सहज जीवनयापनका लागि प्रेरित गर्ने दिन हो यो। यस्ता दिवसहरूको सकारात्मक पक्ष भनेकै सार्वजनिक चेतना जागृत गराउन महत्त्वपूर्ण भूमिका रहनु हो। र, दोस्रो- अपांगता भएका व्यक्तिहरूले दैनिक जीवनमा भोग्‍नुपर्ने चुनौतिहरू यस्ता अवसरहरूले उजागर गर्न मद्दत पुर्‍याउँछन्।

र, कमजोर स्रोत-साधन रहेका स्थानहरूमा अपांगता भएका व्यक्ति र बालबालिकाहरू प्रति गरिने नकारात्मक सामाजिक व्यवहार परिवर्तन गराउन पनि आजको दिन महत्त्वपूर्ण हुन्छ। अनि उनीहरूलाई सहज सामाजिक जीवनयापनका लागि समुदायलाई सचेत गराउने पाटोमा पनि यो दिवसले योगदान दिँदै आएको छ। र, उनीहरूलाई समाजमा मूल प्रवाहीकरण गराउनमा यस्ता अवसरहरूले महत्त्वपूर्ण भूमिका वहन गर्न सक्छन्।

अपांगता भएका व्यक्तिहरूको मूल प्रवाहीकरणका लागि कतिपय सरकारी नीति नै पनि जिम्मेवार हुन सक्छन्। उनीहरू आफैंलाई पनि आफ्नो हक अधिकारबारे ज्ञान नहुन सक्छ। र, अपांगता भएका व्यक्तिहरूलाई आफ्नो हक अधिकारबारे सचेतना दिलाउन पनि आजको दिन महत्त्वपूर्ण छ।

सबल शारीरिक अवस्थाका बालबालिकाको तुलनामा अपांगता भएका बालबालिकाले सहज शिक्षा हासिल गर्न कम चुनौति छैन। अपांगता भएका बालबालिकाका लागि विद्यालयका पूर्वाधारहरू पनि उनीहरूले उपयोग गर्न सक्ने स्तरको हुनुपर्छ। अर्थात्, अपांगतामैत्री वातावरण विद्यालयमा रहनुपर्छ। आजको दिनको अहम् प्रश्‍न भनेकै कतिवटा विद्यालयमा अपांगतामैत्री पूर्वाधार छ भन्‍ने हो।

अपांगतामैत्री पूर्वाधारहरू धेरै विद्यालयहरूमा उपलब्ध नहुँदा अभिभावकलाई आफ्ना सन्तानलाई कहाँ पढ्न पठाउने भन्‍ने चिन्ता रहने गरेको पाइन्छ। शिक्षाको अधिकार सबलांगकै जस्तो समान हुनुपर्छ, अपांगता भएका बालबालिकाका लागि पनि। यो त एउटा उदाहरण मात्र हो, अपांगता भएका व्यक्ति÷बालबालिकाले दैनिक जीवन यस्ता अनेक कठिनाइ सामना गर्नुपरिरहेको छ। र, ती प्रश्‍नहरूलाई ‘हाइलाइट’ गर्न पनि आजको दिन महत्त्वपूर्ण छ।

अपांगता भएका व्यक्ति÷बालबालिकाले सम्मानपूर्ण जीवनयापन गर्न पाउनुपर्छ। किनकि, उनीहरूको पनि सामाजिक जीवनमा त्यति नै हक छ, जति सबलांगहरूको छ। यस्ता दिवसले यस पाटोमा सामाजिक चेतना जागृत गराउन सक्छन् भन्‍ने विश्‍वास छ।

अपांगताका अधिकांश प्रकारहरूको उपचार सम्भव छ। कतिपय अपांगताको अवस्थालाई सफलतापूर्वक उपचार गर्न सकिन्छ। उपचार सम्भव रहेका अपांगता भएका व्यक्तिहरूलाई अस्पतालसम्म पुर्‍याउन यस्ता दिवसहरूले योगदान दिन सक्नुपर्छ। दूरदराजमा लुकेर रहेका तर उपचार सम्भव हुने अपांगता भएका व्यक्तिहरूलाई अस्पताल र चिकित्सकसम्म पुर्‍याउन आजको दिनले योगदान दिन सक्नुपर्छ। दूरदराजमा अपांगताको घाउ लिएर बसेका व्यक्ति र बालबालिका अनि उनीहरूका संरक्षक र अभिभावकलाई उपचार सम्भव छ भन्‍ने जानकारी नै पनि नहुन सक्छ। उनीहरूको सफल उपचारपछि सामान्य जीवनमा फर्काउन सकिन्छ भनेर जानकारी दिन पनि आजको दिनको भूमिका अहम् रहन सक्छ। ती पाटोमा समाजमा छलफल चलाउने र पहलकदमी लिने यो निकै ठूलो अवसर हो।

अपांगताका कारणहरू एक मात्र छैनन्, अनेक छन्। जन्मजात अपांगताको समस्या त्यसको एउटा ठूलो पाटो मात्र हो। हरेक प्रकारका अपांगताको आफ्नै कारण हुन्छन्। जन्मजात अपांगता मात्र होइन, विभिन्‍न प्रकारका दुर्घटनाले पनि अपांगताको अवस्था निम्त्याउँछ। दुर्घटनाका कारण कसैको हातखुट्टा नै काट्नुपर्ने अवस्था पनि आउँछ। त्यो पनि अपांगता नै हो। लडेर हात भाँचियो अनि सीधा बनाएर जोड्न सकिएन र बांगो भयो, त्यो पनि अपांगताकै अवस्था हो।

बच्चा जन्मिँदा आईसीयू÷एनआईसीयू उपलब्ध भएन र मस्तिष्‍क पक्षघात भयो। त्यो पनि अपांगताकै अवस्था हो। फरक उमेर समूहमा फरक-फरक प्रकारका अपांगताको अवस्था निम्तिन सक्छ।

उपचार नै सम्भव नहुने अपांगताको प्रतिशत धेरै कम छ। जस्तो- ‘मस्कुलर डिस्ट्रोफी’ भन्‍ने छ, जुन ‘जेनेटिक डिसअर्डर’ हो। यसको उपचार अहिलेसम्म मेडिकल साइन्सले पत्ता लगाउन सकेको छैन। त्यस्तो प्रकारको अपांगतालाई उपचार गर्न सकिँदैन। तर, त्यस्तो प्रकारका अपांगता भएका व्यक्तिहरूलाई गुणस्तरीय जीवनयापन गराउन सकिन्छ। यस्तो प्रकारका अपांगता भएका बालबालिकाहरू दोस्रो÷तेस्रो दशक अर्थात् २०-३० वर्षको उमेर कटेपछि बचाउन सकिँदैन। तर, त्यतिन्जेलसम्म गुणस्तरीय जीवन जिउन मद्दत पुर्‍याउन सकिन्छ। त्यस्तो प्रकारको अपांगता भएका व्यक्तिहरूको छातीको मांशपेशीमै इन्फेक्सन हुन्छ। र, जटिल अवस्थामा पुगेर मृत्युवरण गर्न पुग्छन्।

तथापि, बाँचुन्जेल ‘क्वालिटी अफ लाइफ’ दिलाउन धेरै कुरा गर्न सकिन्छ। कुनै सर्जरी, केही सहायक उपकरणहरू बनाएर उनीहरूको जीवन सहज बनाउन सकिन्छ। ‘हस्पिटल एन्ड रिह्याबिलिटेसन फर डिसेबल्ड चिल्ड्रेन (एचआरडीसी)’मा उपचारका लागि आउने धेरै बालबालिकाको समस्या जन्मजात पाइन्छ। यो अपांगताको अलि ठूलो समूह हुन्छ।

त्यसपछि मेटाबोलिक कारणबाट हुने अपांगता आउँछ। त्यो भनेको बालबालिका हुर्किने क्रममा या गर्भमै भिटामिन नपुगेका कारण हुने अपांगता हो। अर्को ‘पोस्ट इन्फेक्टिभ’ अपांगता हुन्छ। त्यो भनेको शरीरमा कुनै प्रकारको संक्रमण भयो। र, बढ्दो उमेरका बालबालिकाको ‘ग्रोथ प्लेट’मा असर पुग्यो भने अपांगताको समस्या देखिन सक्छ। हातखुट्टा छोटो हुने, बांगोटिंगो हुनेलगायत समस्या देखिन्छन्।

अर्को ‘इन्फ्लामेटरी’ अपांगता हुन्छ। त्यो भनेको बाथका कारण हुने शारीरिक समस्या हो। त्यसबाट शरीरका जोर्नीहरूमा बाथले असर पुर्‍याउँछ। र, अपांगता गराउन सक्छ। यस्तै, चोटपटक लागेपछि सही उपचार भएन या उपचार नै पाएन भने पनि अपांगताको समस्या निम्तिन सक्छ। त्यसबाट पनि हातखुट्टा बांगोटिंगो हुने समस्या देखिन सक्छ।

कतिपय दुर्लभ कारणहरू हुन्छन्, अपांगताका। कुनै आनुवंशिक या ट्युमरको कारणले पनि अपांगता हुन सक्छ। यस्तो अपांगताको समस्या भएका बालबालिकाको समूह हुने गर्छ। ती समस्याको बेलैमा उपचार भएन भने तिनै बालबालिका ठूला हुने हुन्। र, वयश्क व्यक्तिमा सोही कारण अपांगताको समस्या देखिने हो।

सडक दुर्घटनाका कारण हुने अपांगताको समस्या पनि ठूलो छ। दुई पांग्रे, चार पांग्रे सवारी साधन दुर्घटनामा घाइते भएकाहरूको हातखुट्टा नै काट्नुपर्ने अवस्था पनि निम्तिन सक्छ। बाढी, पहिरोमा परेर घाइते भएका व्यक्तिहरूले पनि जीवनको बाँकी अवधि अपांगताबाट गुज्रिनुपर्ने अवस्था आउन सक्छ। सडक दुर्घटना, बाढी-पहिरोका कारण घाइते भएकाहरूको हातखुट्टा काट्नुपर्ने हुन सक्छ। धेरैवटा हड्डी भाँचिएको अवस्थामा ती राम्रोसँग नजोडिने हुन सक्छ। जोडिँदै नजोडिने अवस्था पनि आउन सक्छ। पछिल्ला वर्षमा यो पनि शारीरिक अपांगताको एउटा ठूलो पक्ष हो।

हामीले एचआरडीसीमा एउटा अध्ययन गरेका थियौं। त्यसमा अपांगता हुने ३० प्रतिशत कारण रोकथाम गर्न सकिने प्रकारका हुन्छन्। अर्थात्, त्यस्तो समस्या आउनै नदिन सकिन्छ। जस्तो- बाबु-आमा घरबाहिरकै काममा व्यस्त छन्, घरमा बालबालिका मात्र छन्। र, उनीहरू आगोमा खस्‍न पुगे। त्यसमा परिवारकै लापरवाही या बेपरवाह प्रवृत्ति जिम्मेवार हुन्छ। किनकि, बालबालिकालाई आगो नजिक पुग्‍नै नदिन परिवारले सावधानी अपनाउनुपर्छ।

त्यस्तो दुर्घटनामा परेका बालबालिकाको उपचार त गर्न सम्भव छ। तर, त्यस्तो अवस्था नै आउन नदिन अभिभावकले सावधानी अपनाएको भए यो समस्या नै आउने थिएन।

त्यसैले सचेतना र शिक्षाको धेरै ठूलो भूमिका छ, समाजमा। तस्बिर देखाएर, जिंगल बनाएर, पम्पलेट बनाएर यी पाटोमा घर-घरमा सचेतना फैलाउनु जरुरी छ।

यस्तै, कसैलाई सामान्य इन्फेक्सन भयो। र, समयमै प्राथमिक उपचार केन्द्रमा पुगेर उपचार पायो भने त्यसका कारण बेहोर्नुपर्ने थप शारीरिक जटिलताको अवस्था आउँदै आउँदैन। किनकि, उसको संक्रमण फैलिन पाउँदैन। र, उसले लामो समय अपांगताको अवस्थाबाट गुज्रिनु पर्दैन। यदि सममै उसले एन्टिबायोटिक सेवन गर्न पायो या कुनै शल्यक्रिया गर्नु परे त्यो पनि समयमै प्राप्त गर्‍यो भने सानो समस्या ठूलो हुन पाउँदैन। उदाहरणका लागि आगलागी एउटा झिल्कोबाट शुरु हुन्छ र तत्काल निभाइएन भने ठूलो आगलागीको रूप लिन पुग्छ।

‘अर्ली आइडेन्टिफिकेसन’ अर्थात् प्रारम्भिक पहिचान नै मुख्य पाटो हो, शारीरिक अपांगताबाट गुज्रिनुपर्ने अवस्था आउन नदिनका लागि। त्यसमा परिवार, समाज, राज्य सबैको भूमिका महत्त्वपूर्ण हुन जान्छ। ठ्याक्कै यही विन्दुमा शिक्षा महत्त्वपूर्ण हो। त्यसका लागि जनचेतना जागृत गर्नुको विकल्प देखिँदैन।

सामाजिक चेतना अभिवृद्धि हुँदै नभएको होइन, भएका छन्। तर, ती सबैलाई जोडेर सरकारी तहमा कसरी नीति बनाउने भन्‍ने महत्त्वपूर्ण पाटो हो।

दैनिक खानपानको विषय बेला-बेलामा बहसमा आइरहेको हुन्छ। त्यसले पनि मेटाबोलिक अपांगताको अवस्था निम्त्याउन सक्छ। दैनिक खानपान स्वस्थ भएन भने पनि बालबालिकाको ‘ग्रोथ प्लेट’मा असर पुग्छ। बच्चाको हड्डी बढ्ने क्रममा पर्याप्त पौष्‍टिक तत्त्व प्राप्त हुनुपर्छ। कतिपय अवस्थामा ग्रोथ प्लेटमा असर पुग्दा पनि शारीरिक अपांगताको अवस्था निम्तिन्छ। ग्रोथ प्लेटमा भिटामिन नपुग्दा ‘रिकेट्स’को समस्या निम्तिन्छ।

वयश्क महिलामा ‘अस्टियोमेलेसिया’को समस्या पनि देखिन्छ। यो पनि पौष्‍टिक तत्त्वसँग सम्बन्धित समस्या हो। पौष्‍टिक तत्त्व पर्याप्त पुगेन भने शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। र, रोग प्रतिरोधात्मक क्षमता बलियो रहेका बालबालिकाले कुनै इन्फेक्सनसँग लड्न सक्छ। कमजोर रहेका बालबालिकाले इन्फेक्सनसँग लड्न सक्दैनन्। पौष्‍टिक तत्त्व आमाको पेटमै रहँदादेखि अत्यावश्यक हुन्छ। बालबालिकालाई ‘प्रिभेन्टेबल डिसेबिलिटी’बाट बचाउनु नै अभिभावकको पहिलो कर्तव्य हो।

ग्रामीण भेगमा कतिपय प्रथाले पनि बालबालिकाले जीवनभर अपांगताबाट गुज्रिनु परेको मैले आफैंले देखेको छु। एकपटक गुल्मी पुग्दा देखें- एउटा बालकको हात भाँचिएको रहेछ। उनका बुवाले उनको हातमा काम्रो बाँधिदिए। त्यो पनि कस्सेर काम्रोले हात बाँधिएको रहेछ। त्यसबाट हातमा रगत सञ्‍चालन हुन पाएन। र, पछि उनको हातै काट्नुपर्‍यो। बाबुको नियत सफा थियो तर कस्सेर हात बाँधिदिएका कारण छोराको हातै काट्नुपर्‍यो। त्यसैले सार्वजनिक सचेतनाको निकै ठूलो महत्त्व छ। गलत उपचार गर्नु भएन भनेर घर-घरमा सन्देश पुर्‍याउनुपर्‍यो।

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.