काठमाडौं- हामीले के खाइरहेका छौं र हाम्रो शरीरलाई त्यसको कस्तो असर परिरहेको छ भन्ने दिसाको रंगबाट जानकारी हुने चिकित्सकहरूको भनाइ छ।
भोजन गर्नु, त्यसबाट पोषण ग्रहण गर्नु अनि बचेका पदार्थ दिसामार्फत बाहिर निकाल्नु। यो मानव जीवनको महत्त्वपूर्ण पाटो हो। र, हाम्रो स्वास्थ्य कस्तो हुन्छ भन्ने पनि त्यसैले निर्धारण गर्छ।
मानिसले गर्ने दिसाको रूप, रंग, आकार, डिजाइन, कन्सिस्टेन्सी, टाइमिङ र आवृत्तिको ठूलो अर्थ हुन्छ, हाम्रो स्वास्थ्यमा। यी सबै हाम्रो स्वास्थ्यका पेरिमिटर हुन्। र, त्यसबाट हामी स्वस्थ छौं कि बिरामी भन्ने पनि जानकारी हुन्छ।
कस्तो रंगको दिसाको के अर्थ ?
– हरियो रंग- शरीरमा आइरनको कमी र फुड पोइजनिङको संकेत
– हल्का पहेंलो- इन्टेस्टाइनमा इन्फेक्सन, आवश्यकताभन्दा बढी मोटो शरीरको संकेत
– रातो रंग- आन्तरिक रक्तश्राव या कोलोन क्यान्सरको संकेत
– ग्रे या सेतो रंग- बाइल डक्टको बाटोमा सम्भावित ब्लकेज
– कालो रंग- ग्यास्ट्रोइन्टेस्टाइनल समस्या। आइरन सप्लिमेन्ट या पेप्टो बिस्मोल औषधि खाइरहेको कारण। ती औषधि पनि ग्यास्ट्रोइन्टेस्टाइनल समस्या निदानका लागि दिइन्छ।
दिसाको आकार र टक्सचरबाट जानौं स्वास्थ्य अवस्था
– टाइप-१- दिसा स-साना टुक्रामा निस्किनु
– टाइट-२- दिसाको आकार ससेजजस्तो हुनु। र, एकसाथ बाहिर ननिस्किई स-साना टुक्रामा निस्किनु। दिसा गर्न ज्यादा कन्नुपर्ने अवस्था
यी दुवै अवस्था कब्जियतका संकेत हुन्। त्यसको अर्थ हो- पेट राम्रोसँग सफा भइरहेको छैन।
– टाइप-३- दिसाको आकार स-साना टुक्रामा हुनु। र, सबै अलग-अलग हुनु। तथापि, सहजै दिसा बाहिर निस्किनु
– टाइप-४- देख्दा टेक्सचर नरम नहुनु। दिसाको किनारा फाटेकोजस्तो देखिनु
यी दुवै अवस्थाले खाना राम्रोसँग नपचिरहेको संकेत गर्छन्। भोजनका पोषक तत्त्व शरीरमा अवशोषित नभई दिसामार्फत बाहिर निस्किरहेको अवस्था हो यो। र, पाचनको समय १५ घण्टाभन्दा कम हुनु, जब कि उक्त समय २४ घण्टा हुनुपर्छ।
– टाइप-५- विल्कुल पानीजस्तै कन्सिस्टेन्सी
यो डाइरियाको संकेत हो। तुरुन्त मेडिकल सहायताको आवश्यकता छ।
– टाइप-६- आकार ससेजजस्तो। तर, अलग-अलग नभई आपसमा बाँधिएको। तर, त्यसको सर्फेसमा क्र्यास देखिनु।
– टाइप-७- ससेज या सर्पजस्तो माथिबाट हेर्दा बिल्कुल नरम। कुनै क्र्यास छैन। र, स-साना टुक्रा पनि छैनन्।
यी दुवै आदर्श स्थिति हुन्। र, पाचनतन्त्र दुरुस्त भएको संकेत गर्छन्। खाना ठीक ढंगले पचिरहेको छ। खानाको पोषक तत्त्व शरीरमा अवशोषित भइरहेको छ। र, दिसालाई बाहिर निकाल्ने प्रणालीले ठीक ढंगले काम गरिरहेको छ।
भास्कर डट कमबाट