काठमाडौं- ‘बिहान सबेरै उठ्छु र दौडिन जान्छु अनि शारीरिक व्यायाम शुरु गर्छु।’ अधिकांश मानिस राति सुत्नुअछि यस्तै योजना बनाउँछन्। अनि बिहान अबेरसम्म सुत्छन्, सबेरै उठेर दौडिनु त कता हो कता !
खासमा, निन्द्रा नपुग्ने डर, अल्छी र नकारात्मक इच्छाशक्तिले मानिसलाई सबेरै उठ्न दिँदैन। अनि अबेरसम्म ओछ्यानमै पल्टिरहन्छन्।
धेरैपटक मानिसहरू शारीरिक व्यायाम शुरु गर्छन्। तर, त्यसलाई हमेशाका लागि आफ्नो दिनचर्यामा सामेल गर्दैनन्। केही दिन बिहान वाक गर्छन्, शारीरिक व्यायाम पनि गर्छन्। केही दिनपछि फेरि अल्छी हुन्छन्। खासमा, नियमित शारीरिक व्यायाम शुरु गर्न जति कठिन छ, त्यसभन्दा ज्यादा कठिन त्यसमा टिकिरहन देखिन्छ।
त्यसैले शारीरिक व्यायामलाई आदत बनाउनका लागि दृढ संकल्प, अनुशासन र सकारात्मक एटिच्युड अत्यावश्यक हुन्छ। त्यो असम्भव विषय पनि होइन। सही रणनीति र समय व्यवस्थापनबाट मात्र यसलाई रुटिन वर्कमा सामेल गर्न सकिन्छ।
आफैंलाई कसरी गर्ने मोटिभेट ?
– सबैभन्दा पहिले आफूलाई मानसिक रूपमा तयार पारौं
– दैनिक एकै समयमा सुत्ने र बिहान एकै समयमा उठ्ने आदत बनाऊँ
– आफ्नो स्वास्थ्यलाई अत्यधिक प्राथमिकता दिऊँ
– आफ्नो खानपान र उसको टाइमिङ ध्यानमा राखौं
– विस्तारै-विस्तारै शुरु गरौं र त्यसलाई गति दिऊँ
– याद राखौं- बिरामीहरूबाट बच्ने यही एक मात्र उपाय हो
– शारीरिक व्यायामबाट टाढा बस्न मनलाई बहाना खोज्न नलगाऊँ
– आफ्नो फिटनेसप्रति सदैव सकारात्मक र सचेत रहौं
– जतिसुकै व्यस्त जीवनशैली होस्, व्यायामका लागि समय निकालौं
– समयको कमीका कारण
– मोटिभेसनको कमीका कारण
– थकान र पीडाका कारण
– स्पष्ट लक्ष्य नहुनाको कारण
– शारीरिक व्यायामको आदत नहुनाले
– कुनै स्वास्थ्य समस्यका कारण
– खराब जिम ट्रेनरका कारण
– गलत टाइमिङका कारण