नयाँदिल्ली- सुन्तलालाई जाडोयामको सुपर फुड उपमा दिइएको छ। चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ।
वैज्ञानिकहरूले सुन्तलालाई जाडो यामका लागि ‘नेचुरल इम्युन बुस्टर’ उपनाम नै दिएका छन्। यो संसारको सबैभन्दा स्वादिष्ट फलमध्ये एक हो। यसमा हल्का अमिलोसहित गुलियो स्वाद हुन्छ। र, कम क्यालोरीवाला अत्यधिक पौष्टिक फल हो यो।
सुन्तला भिटामिन-सीको अति राम्रो स्रोत हो, जसको सेवनबाट रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ। आइरनको अवशोषणका लागि पनि सुन्तलाले मद्दत पुर्याउँछ।
सुन्तलामा भरपुर मात्रामा डाइटरी फाइबर, पोटासियम र फोलेट पाइन्छ। र, शरीरका लागि महत्त्वपूर्ण एन्टी-अक्सिडेन्ट पनि पाइन्छ। सुन्तलाको नियमित सेवनबाट मुटुको स्वास्थ्य पनि राम्रो रहन्छ। र, पाचन प्रणालीमा पनि मद्दत गर्छ।
यी हुन् १२ फाइदा
– रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
– मिर्गौलामा हुने पत्थरीबाट बचाउँछ
– एनिमियाबाट बचाउँछ
– रक्तचाप नियन्त्रणमा राख्छ
– ब्लड सुगर नियन्त्रणमा राख्छ
– कोलेस्टेरोल लेभल कम गर्छ
– मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ
– क्यान्सरको जोखिम कम गराउँछ
– आँखाको स्वास्थ्यमा सुधार ल्याउँछ
– कब्जियतको समस्याबाट टाढा राख्छ
– पाचनतन्त्रलाई मजबुत बनाउँछ
– हड्डीलाई मजबुत बनाउँछ