• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जाडोका बिमारीबाट बच्‍न के के गर्ने ?


    Avatar photo
मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित

 

Advertisement

नयाँदिल्ली- गर्मी सकिएसँगै जाडोयाम शुरु भएको छ। र, जाडोमा हुने बिरामीहरूको ग्राफ पनि उकालो लागेको छ।

मौसम बदलिने क्रमसँगै धेरै मानिस बिरामी पर्छन्। त्यसका विभिन्‍न कारण छन्। तर, मुख्य कारण चिसो हावा र शुष्‍क वातावरण प्रमुख हुन्।

जाडोयाममा शारीरिक गतिविधि कम हुँदा पनि बिरामी पर्ने सम्भावना ज्यादा हुन्छ। यस्तै, कोठाभित्रै लामो समय बिताउँदा पनि बिरामी पर्ने सम्भावना हुन्छ। यस्तै, घरमा भेन्टिलेसन अभावमा पनि भाइरसको संक्रमणमा पर्ने जोखिम रहन्छ।

यी हुन् बिरामीका कारण

– जाडोयाममा हावामा नमी कम हुन्छ। र, भाइरस र ब्याक्टेरियाबाट सुरक्षा दिने म्युकस झिल्ली सुख्छ।

– म्युकस झिल्ली सुकेपछि त्यसमा दरार पैदा हुन्छ। र, त्यसमार्फत ब्याक्टेरिया र भाइरस सहजै शरीरमा प्रवेश गर्छन्।

– जाडोयाममा शरीरलाई न्यानो बनाइराख्‍न ज्यादा ऊर्जाको आवश्यकता हुन्छ। त्यसकारण हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतामाथि दबाब पर्छ।

– प्रतिरोधात्मक क्षमतामाथि दबाब पर्दा बिरामी पर्ने जोखिम बढ्छ। अझ लापरवाही गरियो भने त बिरामी परिन्छ नै।

– जाडोयाममा मानिसहरू बढीजसो घरभित्रै बिताउँछन्, जहाँ भेन्टिलेसन कम हुन्छ।

– झ्याल र ढोका बन्द रहँदा भित्रै भाइरस संक्रमणको जोखिम बढ्छ।

– यी सबै कारणबाट जाडोमा सर्दी, खोकी र अन्य प्रकारका बिरामीको जोखिम अधिक रहन्छ।

कसरी बच्‍ने बिमारीबाट ?

– बन्द ठाउँहरूमा पनि मास्क पहिरिँदा भाइरसको सम्पर्कमा आउने सम्भावना कम रहन्छ।

– हरियो सागसब्जी, मौसमी फललगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाऊँ।

– जाडोयाममा कम प्यास लाग्छ। मानिस पानी पिउन कम गर्छन्, जसले बिरामी बनाउने सम्भावना बढाउँछ। त्यसैले प्रशस्त पानी पिऊँ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त निन्द्रा पुर्‍याऊँ। निन्द्राले शरीरलाई रिकोभर गर्छ।

– इन्फ्लुएन्जा र मौसमी भाइरसबाट बच्‍न भ्याक्सिन पनि लगाउन सकिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका

– अदुवा र बेसारको काँढा बनाएर पिऊँ। त्यसमा एन्टी-इन्फ्लेमेटरी गुण भरपुर हुन्छ। त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

– तुलसी र मरिचको काँढा बनाएर पिउँदा घाँटी र छातीको संक्रमणबाट बच्‍न सकिन्छ।

– सुन्तला, कागती, अम्बक, अमला र ब्रोकाउलीमा भिटामिन सी प्रशस्त पाइन्छ। र, त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

– सूर्यको प्रकाशबाट पर्याप्त भिटामिन डी पाइन्छ। च्याउ र दूधबाट पनि भिटामिन प्राप्त हुन्छ।

– ओखर, बदाम, मटर र पालकमा प्रचुर मात्रामा जिंक पाइन्छ। त्यसले शरीरलाई पोषण प्रदान गर्छ।

– मह र बेसारमा एन्टी-ब्याक्टेरियल गुण हुन्छ, जसले रोज प्रतिरोधात्मक क्षमता बढाउँछ।

भास्कर डट कमबाट

मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.