काठमाडौं- नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत ब्िि ब्चmक ऋयmmबलम बलम क्तबाा अयगचकभ सि.सं. ५ का ४३ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको शुक्रबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।
सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्राहलय समेतको अवलोकन गरे ।
अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहने बताए ।
प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराए उक्त कार्यक्रममा प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।