• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुगाउन समस्या


    Avatar photo
शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पु¥याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो ।

Advertisement

‘हाम्रो उत्पादन क्षमता भन्दाबढी वर्षमा चार सय टन मलको माग भएको थियो, त्यसलाई पूरा गर्न सकेका छैनौँ । हामीसँग उत्पादन भएकोलाई बजारीकरण गरिरहेका छौँ,’ हमालले भने । दश वर्षअघि नेपालगञ्ज–१ स्थित नन्दनी टोलमा ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ स्थापना गरी गड्यौलाको मल उत्पादन सुरु गरेको उनले बताए ।

हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गरे । ‘कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ । अनावश्यक रूपमा रसायनिक मलको प्रयोग गर्दा माहो र जलमा नकारात्मक असर गर्न सक्छ,’ उनले भने ।

अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउलीलगायत तरकारी सङ्कलन गरेर प्रशोधन र बजारीकरण गर्दै किसानको उत्थान गरिरहेको बताउँदै हमालले जैविक मलका रूपमा गड्यौला मल प्रभावकारी हुनुका साथै कमटोको उर्वरशक्ति बढाउने उल्लेख गरे ।

विसं २०७१ देखि २०७५ सम्म करिब ५० क्विन्टल मल उत्पादन भएको भन्दै हमालले पछिल्लो समय त्यसलाई बढाएर वार्षिक ३२ टन पु¥याइएको जानकारी दिए । गड्यौलाको मलको उत्पादन वृद्धि गर्दै एक सय टन पु¥याउने योजना रहेको उनले जानकारी दिए ।

आत्मनिर्भर कृषि कर्मको विकास गर्न, विदेशी कम्पनीले उत्पादन गरेका बिउ र रासायनिक मललाई विस्थापित गर्न अर्गानिक उत्पादनमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्नेमा हमालले जोड दिए । ‘हामी परनिर्भर हुँदा उत्पादकत्व घटेको छ,’ उनले भने ।

हमालले स्थानीय स्रोतसाधनको कच्चापदार्थ सदुपयोग गरेर गड्यौलाको मल उत्पादन गरिरहेका छन् । दश फिट लम्बाई र २२ फिट चौडाईमा निर्माण भएको ५२ पिटमा ४० क्विन्टल गड्यौला बिक्री भएको उनले जानकारी दिए । भारतको पिलिभितबाट ती गड्यौला नेपालगञ्ज ल्याएको उनको भनाइ छ ।

‘गड्यौलाको मलबाहेक गड्यौला पनि बिकी हुने गरेको छ । अहिले जुम्लासहित हिमाली क्षेत्रमा ९० प्रतिशत मल जान्छ । अन्य नेपालगञ्जका बजार क्षेत्रमा खपत हुने गरेको छ,’ हमालले भने । रु १५ हजारबाट सुरु भएको फार्ममा अहिले रु २२ लाख लगानी भइसकेको छ । सबै खर्च कटाएर वार्षिक रु २२ लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिए ।

मल प्रतिकिलोलाई रु ३० र गड्यौला प्रतिकिलो रु तीन सयमा बिक्री भइरहेको हमालले जानकारी दिए । उनले गाईभैँसीको गोबर र स्याउला सङ्कलन गरेर खाडलमा राखी पाँचदेखि १० महिनामा ‘आइसनिया फेडिडा’ नामक प्रजातिको गड्यौलालाई गोबर खुवाएर मल उत्पादन हुने बताए ।

यसले माटोको उर्वर शक्ति १० गुणा बढी वृद्धि हुने विश्वास गरिएको छ । गड्यौलाले बिरुवाका लागि तयारी खाना उत्पादन गर्दछ । यो मल पानीमा पनि घुलनशील हुने, प्रतिफल पनि छिटो दिने र बालीको उत्पादन पनि बढाउने विज्ञहरू बताउँछन् ।

उपमहानगरको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाँकेबाट प्राविधिक सहयोगसहित रु पाँच लाख आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिए । चार कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन भएको हो ।

 

शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.