भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। गत शनिबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर चार रुपैयाँ ७९ पैसाले घटेको छ।
Advertisement
तर, डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा बढेको छ। यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ३८ पैसा बढेको छ।
नेपाल आयल निगमका अनुसार नयाँ मूल्यबाट निगमले आगामी १५ दिनमा तीन अर्ब ७३ करोड रुपैयाँ नोक्सानी बेहोर्नु पर्नेछ।
आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्छ। सोही आधारमा निगमले इन्धनको मूल्य घटबढ गराउने गर्छ।