• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जाडोमा निमोनियाबाट कसरी बच्ने ?


    Avatar photo
बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित

चितवन- चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो ।

Advertisement

केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा. शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउँछन् ।

उनले भने ‘चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।’ रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ । उनले भने ‘निमोनियामा साधारणतया एक्सरे गरेर हेर्यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।’

निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए । सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताए । उनले भने ‘मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फंगस (ढुसी) ले पनि निमोनिया गराउँछ ।’ फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ ।

साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने ‘फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ ।’

निमोनियाको दुई प्रकृति रहेको छ । ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन । तर कुनै–कुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरु देखिएको उनले जानकारी दिए ।

समयमा उपचार भयो र अन्य जटिलताहरु जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ । उनले भने ‘रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ ।’

साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् । धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ ।

निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उनले सुझाव दिए । अहिले निमोनियाको भ्याक्सिन समेत पाईने उनले बताए ।

समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन् । करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन् । उनले भने ‘पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।’

बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.