• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

महिनावारी गडबडी छ ? हार्मोनमा समस्या हुन सक्छ !


    Avatar photo
सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित

काठमाडौं- हार्मोन रोगको कुरा गर्दा महिलाहरूमा महिनावारी गडबडी साझा समस्या देखिएको छ। हार्मोनकै कारण महिलाहरूमा चाँडो वा ढिलो महिनावारी हुने समस्या बढ्दो छ।

Advertisement

सामान्यतया महिनावारी २८ दिनमा हुन्छ। तर, महिलाहरू ३५-४० दिन वा २-३ महिनापछि पनि महिनावारी हुने गरेको पाइन्छ। लामो समयपछि महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुन्छ। यो हार्मोनको रोगका कारण हुन सक्छ।

कुन हार्मोनको कारणले महिलामा महिनावारी गडबडी भएको हो भन्‍ने जानकारी हुन आवश्यक छ। महिनावारी गडबडी गराउने हार्मोनहरूमा थाइराइड हार्मोन पनि पर्छ। थाइराइड हार्मोनको गडबडी हाइपो थाइराइड र हाइपर थाइराइडको कारण हुन्छ। यी दुवै थाइराइड बढी वा घटी भएको अवस्थामा महिनावारीमा अनिमियता आउँछ।

अर्को प्रोल्याक्टिन हार्मोन भन्‍ने छ। हाम्रो मस्तिष्‍कमा एउटा ग्रन्थी हुन्छ, जसलाई पिट्युटरी ग्रन्थी भनिन्छ। सोही ग्रन्थीबाट प्रोल्याक्टिन हार्मोन निस्कन्छ। प्रोल्याक्टिन हार्मोन चाहिनेभन्दा बढी निस्कियो भने पनि महिनावारी गडबडी हुन्छ। प्रोल्याक्टिन हार्मोन किन बढी निस्कन्छ भन्‍ने जिज्ञासा हुन सक्छ। टाउकोमा पिट्युटरी ग्रन्थीमा ट्युमर भएमा प्रोल्याक्टिन हार्मोन चाहिनेभन्दा बढी निस्कन्छ।

यस्तै, मिर्गौलाको माथिल्तिर एउटा सानो एड्रेनल ग्रन्थी हुन्छ, जुन ठूलो भएमा वा त्यसमा पनि ट्युमर पलाएमा त्यसबाट निस्कने हार्मोनमा गडबडी हुन्छ। र, महिनावारी अनियमित हुन्छ। यी महिनावारी गडबडी गराउने हार्मोन डिसअर्डर हुन्।

अर्को पोलिसिस्टिक ओभेरी सिन्ड्रोम (पीसीओएस) भन्‍ने छ। पाठेघरको वरिपरि दुईवटा डिम्ब हुन्छन्, जसलाई ओभरी भनिन्छ। ओभरीको वरपर सिस्टहरू हुन्छन्। सिस्टहरू पानीका फोकाजस्तै हुन्छन्। सामान्यतया पानीफोका बन्यो भने महिलाहरूमा प्रोजेस्टिन स्ट्रोजन हार्मोन निकाल्ने गर्छ। तर, सिस्टहरू बने भने प्रोजेस्टिन स्ट्रोजन हार्मोन कम निस्केर त्यसको सट्टामा टेस्टोस्टेरोन हार्मोन निस्कछ, जुन पुरुषमा हुने हार्मोन हो। पुरुषमा हुने त्यही हार्मोनले महिलाहरूमा महिनावारी रोकिदिन्छ, जसले २-३ महिनामा मात्र महिनावारी गराउँछ।

महिनावारी गडबडी हुँदा के समस्या ?

महिनावारी गडबडी भयो भने गर्भधारणमा समस्या हुन्छ। केही दम्पतीमा विवाह गरेको धेरै वर्ष भइसक्दा पनि गर्भ नबस्‍ने समस्या हुने गर्छ। त्यसको मुख्य कारण यिनै हार्मोनहरू हुन्छन्। महिनावारीमा गडबडी भइरहेको छ भने हार्मोनसम्बन्धी विशेषज्ञलाई जँचाउनुपर्छ।

हार्मोनकै कारण गर्भ बसिरहेको छैन भने त्यो समस्या निदान गर्न सकिन्छ। थाइराइड हार्मोनहरूलाई सन्तुलनमा ल्याउन सके सहजै गर्भ बस्‍न सक्छ। यस्तै, पीसीओएस सबै हार्मोनमा सफल हुन्छ भन्‍न सकिँदैन। तर, यसको मतलव सबैमा असफल भइन्छ भन्‍ने पनि होइन।

कामकाजी महिलाहरूमा हत्तपत्त गर्भ नबस्‍ने, बसिहाले पनि खेर जाने समस्या पछिल्लो समय बढ्दो छ। पछिल्लो समय विवाह गर्ने उमेर ढिलोढिलो हुँदै गएको छ। सबै पहिले आफ्नो करिअर बनाउन लागिपरेका हुन्छन्। परिवारलाई धान्‍न सकिने भएपछि मात्र विवाह अनि बच्चा जन्माउने भन्‍ने सोच बढी देखिन्छ।

जति उमेर बढ्दै जान्छ, महिलामा अण्डाको संख्या घट्दै जान्छ। सोही कारण ४५ वर्षपछि महिलाहरूमा महिनावारी नै सुकेर जाने गर्छ। यसकारण ढिलो विवाह गर्दा वा बच्चा जन्माउने प्लानिङ ढिलो गर्‍यो भने पछि बच्चा बस्‍ने सम्भावना पनि कम हुन जान्छ।

अर्को- कामकाजी महिलामा तनावको कारण पनि गर्भ नबस्‍ने समस्या हुन्छ। टेबलवर्क गर्ने महिलाहरूमा मोटोपनको समस्या छ भने पनि गर्भ नबस्‍ने समस्या देखिन्छ। यसमा सीधा हार्मोनको कनेक्सन हुँदैन।

हार्मोनमा गडबडी हाम्रो जीवनशैलीले पनि निम्त्याउने गर्छ। जंकफुड, धुम्रपान र अल्छि खालको जीवनशैलीले महिलामा मोटोपनाको समस्या निम्तिन्छ। त्यसले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा हार्मोनमा असर पुर्‍याइरहेको छ।

(बी एन्ड बी अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन तथा इन्डोक्रिनोलोजिस्ट डा. कार्कीसँग शलिना कुँवरले गरेको कुराकानीमा आधारित)

सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.