भिजिट भिसा
भुटानी शरणार्थी
उपसभामुखको पत्र
पछि
नयाँ प्रोडक्ट आएको छ
कोशीका मन्त्रीको जापानी काण्ड
Advertisement
इन्स्ट्यान्ट नुडल्सजस्तै
काण्ड पनि इन्स्ट्यान्ट भएका छन् !
सबै आफैं राजा
राजालाई कसले कारवाही गर्ने ?
कसैको डर भए पो बदमासी रोकिन्छ
कानूनको डर भए पो बदमाश डराउँछन्
समाचार हेरे लाजले
शिर निहुरिन्छ
बदमासी यिनले गर्ने
बेइज्जत हामी हुने
कसलाई चासो ?
कसलाई मतलव ?
आ-आफ्नो सत्ताको घोडा दौडाउँदै
सबै मस्त छन्
फेरि अर्का महामहिमले
यस्ता चर्तिकला गरे
अचम्म लाग्ने पनि छैन
अचम्म मान्नुपर्ने
अवस्था पनि छैन