नयाँदिल्ली- दीपावलीको आज अन्तिम दिन। यो पर्वलाई केवल चाड मान्ने हिसाबले मात्र होइन, जीवनको भविष्य कसरी सुखी बनाउने भन्ने ढंगले पनि संकल्प गर्नु उत्तम हुनेछ।
यी ५ परिवर्तनको संकल्प गरौं
– जीवनलाई आर्थिक मजबुती कसरी दिने भन्ने योजना बनाऊँ
– शारीरिक र मानसिक स्वास्थ्यलाई उत्तम बनाउने योजना तयार पारौं
– राम्रो स्वास्थ्यका लागि माइन्डफुल इटिङ, सन्तुलित भोजन र पोषणयुक्त आहारको संकल्प गरौं
– परिवार र साथीभाइसँग संवादलाई बढावा दिऊँ। साथी बनाऊँ, मद्दतका लागि तयार पनि रहौं
– दिखासिकी गर्न चटक्कै छाडौं। आफूभित्रैबाट परिवर्तनको शुरुवात गरौं
यी ८ आर्थिक परिवर्तन
– हरेक महिना २० प्रतिशत तलब बचाउने संकल्प गरौं
– अत्यावश्यक सामान मात्र खरिद गर्ने वाचा गरौं
– पैसालाई लिएर विवेक र समझदारी कायम राख्ने संकल्प गरौं। दिखासिकी नगरौं।
– फजुल खर्च पूर्णतया बन्द गर्ने संकल्प गरौं। महँगा कपडा, रेस्टुराँमा खाना र महँगो विद्युतीय सामग्री खरिद नगर्ने वाचा गरौं।
– आर्थिक लगानीका क्षेत्र खोज्ने प्रयास थालौं। सेयर, म्युचुअल फन्डमार्फत लगानी बढाउन रकम जोहो गरौं।
– हरेक महिना सबै खर्च डायरीमा लेख्ने चलन शुरु गरौं
– मासिक खर्चको बजेट बनाउने र बजेटभन्दा बाहिर खर्च नगर्ने परिपाटीको विकास गरौं
– सकेसम्म ऋण नलिने वाचा गरौं। र, जो ऋण लिनुभएको छ फटाफट तिर्ने योजना बनाऊँ।
राम्रो स्वास्थ्यका लागि
– दैनिक र नियमित शारीरिक व्यायाम गर्न थालौं
– दैनिक बिहान ३० मिनट वाकिङ गर्न थालौं
– दैनिक पर्याप्त निन्द्रा लिने योजना बनाऊँ
– धुम्रपान र मदिराबाट टाढै बस्ने संकल्प गरौं
– जंक फुड खाँदै नखाने वाचा गरौं