• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

प्राण घातक पटाका पड्काउँदै नपड्काऊँ


    Avatar photo
बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- हिन्दू धर्मावलम्बीहरू दीपावलीको धुमधाममा छन्। उज्यालोको पर्व दीपावलीमा घर झिलिमिली बनाउनु त स्वाभाविकै हो। तर, पटाका पड्काएर ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम निम्त्याउनुलाई सहज मान्‍न सकिँदैन।

Advertisement

केही वर्षयता दीपावली उज्यालोको कम, पटाकाको बढी पर्व बन्दै आएको छ। तर, पटाकाले हाम्रो पर्यावरण र स्वास्थ्यमा पनि गम्भीर नकारात्मक असर पुर्‍याउँछ।

पटाका पड्काउँदा सल्फर, जिंक, कपर र सोडियमजस्ता खतरनाक रसायनहरू हावामा फैलिन्छन्। र, त्यसबाट श्‍वासमार्फत हाम्रो फोक्सोलाई गम्भीर असर पुग्‍ने चिकित्सकहरू बताउँछन्।

पटाकाकै कारण कतिपय शहरमा आगलागी हुने गरेको छ। गत वर्ष भारतको राजधानी दिल्लीमा पटकाकै कारण २०० भन्दा बढी आगलागीका घटना भएका थिए। दीपावली मनाइने भारत र नेपालका अधिकांश शहरमा पटाका कारण आगलागी र मानवीय क्षति हुने घटना प्रशस्त हुने गरेका छन्।

पटाकामा प्रयोग हुन्छन् यी रसायन

– पोटासियम नाइट्रेट

यो अक्सिडाइजरका रूपमा काम गर्ने रसायन हो। यसले विष्‍फोटका लागि अक्सिजन उत्पादन गर्छ।

– सल्फर

पटाकामा चमक र चिंगारीका लागि यसको प्रयोग गरिन्छ।

– चारकोल

इन्धनको स्रोतका रूपमा यसले काम गर्छ।

– एल्मुनियम

यसले जल्ने प्रक्रियामा मद्दत गर्छ।

– बेरियम नाइट्रेट

यसले हरियो रंगको चिंगारी उत्पन्‍न गर्छ।

– स्ट्रोन्टियम नाइट्रेट

यसले रातो रंगको चिंगारी उत्पन्‍न गर्छ।

– कपर कम्पाउन्ड्स

यसले नीलो रंगको चिंगारी पैदा गर्छ।

ती रसायनबाट शरीरमा असर

– कपर

यसले श्‍वासतन्त्रलाई प्रभावित बनाउँछ।

– जिंक

वान्ता र ज्वरोको कारण बन्‍न सक्छ।

– क्याडियम

यसले रगतमा अक्सिजन प्रवाह गर्ने क्षमता घटाइदिन्छ। त्यसका कारण रक्तअल्पता (एनिमिया) हुन्छ।

– लेड या सिसा

यसले सीधा मानव शरीरको नर्भस प्रणालीलाई प्रभावित बनाउँछ।

– म्याग्‍नेसियम

म्याग्‍नेसियमको धुवाँका कारण टाउको दुख्‍ने, खोकी र ज्वरोको समस्या देखिन सक्छ।

– सोडियम

यो रसायन हावाको सम्पर्कमा आउँदा जलन र घाउको कारण बन्‍न सक्छ।

पटाकाको प्रदूषणका यस्ता असर

– पटाकाको धुवाँले सास फेर्न कठिनाइ उत्पन्‍न हुन्छ। र, टाउको दुख्‍ने समस्या देखिन सक्छ।

– श्‍वास-प्रश्‍वासमा इन्फेक्सन गराउँछ।

– क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) बढाउँछ।

– पटाकाको धुवाँले मुटु रोगीमा हृदयाघात गराउन सक्छ।

– पटाकाबाट निस्किने धुवाँले कान, आँखा, नाक र घाँटीमा जलन पैदा गराउँछ।

– पटाकामा प्रयोग हुने रेडियोएक्टिभ तथा विषालु तत्त्वले क्यान्सरको जोखिम बढाउँछ।

– पटाकाबाट गर्भवतीहरूलाई अत्यधिक जोखिम उत्पन्‍न गराउँछ। सोही कारण उनीहरूलाई त्यसबाट टाढा राख्‍नुपर्छ।

– पटाकाबाट निस्किने धुवाँ दमका बिरामीका लागि प्राण घातक हुन सक्छ।

– पटाका पड्काउँदा शरीरमा चोट लाग्‍न सक्छ। र, शरीरमा आगो पनि सल्किन सक्छ।

– फोक्सोका बिरामीहरू आतिशबाजी भइरहेको ठाउँबाट टाढा बसौं। घर आसपास पटाका पड्किरहेको छ भने झ्याल, ढोका बन्द गरौं।

– घर बाहिर निस्किनु पर्दा मास्क लगाऊँ। घरको छत या खुला ठाउँमा नजाऊँ। घरभित्रै बसौं।

भास्कर डट कमबाट

बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.