नयाँदिल्ली- साह्रै कम बालिका र युवतीहरूलाई गुड टच र ब्याड टचका बारेमा जानकारी हुन्छ।
यस विषयमा उनीहरूलाई जानकारी दिन अत्यावश्यक छ। ता कि, बलात्कारजन्य घटनाबाट उनीहरू बच्न सकून्।
पछिल्ला वर्षमा बालिकाहरूमाथि भइरहेको यौन हिंसाविरुद्ध सबै जागरुक हुन जरुरी छ। माता-पिता मात्र होइन, स्कुल व्यवस्थापन र सामाजिक जीवनका सबै अंग यसमा जागरुक हुनुपर्छ।
यसलाई भनिन्छ गुड टच
– मायालु भावमा गाला र शीरमा हात राख्नु
– टाउको, काँध र ढाडको माथिल्लो हिस्सामा मायालु भावमा थपथपाउनु
– ढाडको माथिल्लो हिस्सामा छुनु
– कसैको स्पर्शमा आफूलाई पनि केही गलत भएझैं नलाग्नु
– बालबालिकाहरूलाई बुझाऊँ- माता-पिताले मात्र उनीहरूका कपडामा हात लगाउन सक्छन्
यो हो ब्याड टच
– मुख, ओठ, छाती, पेटको तल्लको भाग, नितम्ब र खुट्टाको बीचको भागमा हात पुर्याउनु
– प्राइभेट पार्टी (योनी या लिंग)तर्फ इशारा गर्दै हात पुर्याउनु
– ढाडको तल्लो भागमा छुनु
– स्पर्श गर्दा गलत महशुस हुनु
– स्पर्शको भावना असहज, पीडादायी र डरलाग्दो लाग्नु
माता-पिताले दिऊँ जरुरी जानकारी
– बालबालिकालाई २ वर्षको उमेरदेखि नै कविता या कथाको माध्यमबाट शरीरका संवेदनशील अंगहरूबारे बताऊँ
– माता-पिताले मात्र स्पर्श गर्न सक्ने अंगहरूबारे उनीहरूलाई बताऊँ
– डाक्टरले ती अंगमा छुन सकून् तर माता-पिताको उपस्थितिमा मात्र
– आफूहरू बालबालिकाका बेस्ट फ्रेन्ड भएको र आफ्ना सबै कुरा खुलस्त बताउन माता-पिताले प्रेरित गर्नुपर्छ
– स्कुल बस, स्कुल, सार्वजनिक सवारी साधन, सार्वजनिक स्थानलगायतमा कसैले ब्याड टच गर्यो भने तत्काल शिक्षक र माता-पितालाई बताउन प्रेरित गरौं
माता-पिताले बालबालिकालाई दिऊँ यस्तो तालिम
– ब्याड टच गर्ने व्यक्ति आफूभन्दा बढी उमेरकै भए पनि पटक्कै नडराउन
– ब्याड टच गर्नासाथ ‘नो’, ‘स्टप’ भन्दै कराउन सिकाऊँ
– साह्रो-साह्रो स्वरमा कराउन सिकाऊँ
– त्यस व्यक्तिबाट तत्काल भाग्न सिकाऊँ
– तत्काल कुनै सुरक्षित स्थानमा पुग्न सिकाऊँ
– स्कुलमा भए तत्काल दौडेर शिक्षककोमा पुग्न अह्राऊँ
– घरमा छन् भने तत्काल दौडेर माता-पिता, हजुरबा-हजुरआमाकोमा पुग्न सिकाऊँ
– त्यसमा बालबालिकाको कुनै गल्ती नहुने भएकाले पटक्कै नडराउन र नलजाउन सिकाऊँ
– गलत काम गर्नेमाथि कडा सजाय हुने बुझाऊँ
स्कुलमा सिकाऊँ सुरक्षा
– स्कुलमा बालबालिकालाई उनीहरूको सुरक्षाका बारेमा बताऊँ
– नाटक, गीत र कथाहरूको माध्यमबाट सुरक्षाका बारेमा बताऊँ
– गुड टच र ब्याड टचका बारेमा बताऊँ
– सुरक्षित र असुरक्षित स्थितिहरूका बारेमा उदाहरण दिँदै सहज भाषामा सम्झाऊँ
– बालबालिकालाई आफ्ना अधिकारका बारेमा बुझाऊँ
– स्कुलहरूमा सुरक्षासम्बन्धी पोस्टर र ब्यानर लगाऊँ
भास्कर डट कमबाट