नयाँदिल्ली- मध्यप्रदेशको राजधानी भोपालमा हालै डीजेको चर्को आवाजका कारण १३ वर्षे किशोरको मृत्यु भएपछि भारतमा हंगामा मच्चिएको छ।
परिवारका अनुसार दुर्गा प्रतिमा विसर्जनका लागि भइरहेको समारोहमा बजाइएको चर्को ध्वनिका कारण उनको मृत्यु भएको हो। उनी डीजेको संगीतसँगै भीडमा पसेर नाच्न थाले। एकाएक बेहोश भए। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। यसअघि पनि यस्ता प्रशस्त घटना भइसकेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार १२ देखि ३५ वर्ष उमेर समूहका १ अर्बभन्दा बढी व्यक्तिले चर्को आवाजकै कारण कान सुन्ने क्षमता गुमाउने जोखिम छ।
चिकित्सकहरूका अनुसार चर्को आवाजका कारण मानसिक तनाव, चिडचिडापन, गम्भीर टाउको दुखाइ, बहिरोपन, निन्द्रा नलाग्ने, उच्च रक्तचाप, स्मरण शक्ति कमजोर हुने, ध्यान केन्द्रित नसकिने, ब्रेन हेमरेज र हृदयाघातको समस्या हुन्छ।
को ज्यादा जोखिममा ?
– शिशुहरू र स-साना बालबालिका
– गर्भवती
– ६० वर्षभन्दा बढी उमेरका व्यक्ति
– मुटु रोगीहरू
– उच्च रक्तचापका बिरामीहरू
– कुनै गम्भीर बिमारीबाट ग्नरसित व्यक्तिहरू
– इन्सोम्निया अर्थात निन्द्रा नलाग्ने समस्या भएका व्यक्तिहरू
कुन क्षेत्रमा कति आवाज ?
– औद्यागिक क्षेत्रमा दिउँसो ७५ र राति ७० डेसिबल
– व्यावसायिक इलाकामा दिउँसो ६५ र राति ५५ डेसिबल
– आवासीय क्षेत्रमा दिउँसो ५५ र राति ४५ डेसिबल
– साइलेन्ट जोनमा दिउँसो ५० र राति ४० डेसिबल
कसरी बच्ने ?
– चर्को आवाज रहेका इलाकाबाट टाढा बसौं
– अत्यधिक आवाजमा संगीत घन्काउने रेस्टुराँ, पब, बार र डिस्कोमा नजाऊँ
– लाउड स्पिकरको नजिक जाँदै नजाऊँ
– अत्यधिक चर्को आवाज आइरहेका इलाकामा जानै परे नोइज क्यान्सिलेसन एयरप्लग या हेडफोन लगाऊँ
– चर्को ध्वनि भएका इलाकामा काम गर्नु हुन्छ भने बीच-बीचमा ब्रेक लिऊँ
– चर्को ध्वनिले परेशानी गर्यो भने तत्काल त्यस्तो इलाकाबाट बाहिर निस्किऊँ
भास्कर डट कमबाट