काठमाडौं- अहिले दशैं सपिङको समय छ। मौसम र चाडबाडअनुसार फेसन पनि परिवर्तन हुन्छ। तर, फेसनेबल देखिन चाहनेलाई मौसमले रोक्न सक्दैन।
चिसो होस् वा गर्मी, महिलाहरूले स्कार्फ लगाउन सक्छन्। आफ्नो टाउको, अनुहार, कपालको सुरक्षा गर्न पनि स्कार्फको निकै महत्त्वपूर्ण भूमिका हुन्छ।
समर सिजनमा विशेषगरी सिफनको स्कार्फ बढी प्रचलित छ। त्यसमा पनि फ्लोरेसी प्रिन्टेड स्कार्फ टिनएजरले रुचाउने गरेको पाइन्छ। यस्तै, कटनमा फ्रेड वर्क (धागोले बुट्टा भरिएको) स्कार्फ पनि अहिले फेसनमा छ।
कलरफुल तथा प्रिन्टेड स्कार्फ टिनएजर तथा २५ वर्ष उमेरसम्मका युवतीलाई निकै सुहाउँछ। उनीहरूले स्कार्फ वान पिस, पाइन्ट टिसर्ट, हाफ पाइन्टमा पनि कलर कम्बिनेसन मिलाएर लगाउँदा निकै क्युट देखिन्छ। सिम्पल र सादा कलरका स्कार्फ भने विवाहित महिलाले बढी प्रयोग गर्छन्।
हाफ पाइन्ट र स्लिभलेस टिसर्ट लगाउने युवतीले भने आफ्नो ब्यागमा स्कार्फ झुन्ड्याएर स्टाइलिस बन्ने गर्छन्। सो स्कार्फ यसरी बोक्नुको फाइदा पनि छ। कपडा बिग्रिएर आपतकालीन अवस्था आएमा स्कार्फको उपयोग सजिलै गर्न सकिन्छ।
कलरफुल स्कार्फ पूरै टाउको छोप्ने गरी प्रयोग गर्दा घाम, धुवाँ र धुलोबाट कपालको सुरक्षा गर्न सकिन्छ। साथै, टाउको तथा निधार छोपिनेगरी स्कार्फ लगाएको बेलामा ठूलो आकारको गगल्स प्रयोग गर्दा साँच्चै नै स्मार्ट लुक्स दिन्छ।
स्कार्फ प्रयोग गर्दा ड्रेस कलर म्याच हुनु पनि उत्तिकै आवश्यक हुन्छ। फ्लोरेसी प्रिन्ट तथा सेम कलरका लाइट र डार्क कलर मिक्स भएका स्कार्फ पनि निकै चलेका छन्।
स्कार्फसँग जुत्ता र ब्यागको कलर कम्बिनेसन पनि मिलाउन सकेमा निकै स्टाइलिस देखिन्छ। त्यसैले ड्रेस या अन्य वस्तुसँग कलर कम्बिनेसन मिलाउन सस्तो मूल्यकै स्कार्फ प्रयोग गर्न सकिन्छ।
हाफ पाइन्ट, स्कार्फ, स्लिपर र सन ग्लास लगाउँदा अझ बढी स्टाइलिस देखाउन ठूलो ब्याग बोक्नु राम्रो हुन्छ। स्कार्फ प्रयोग गर्दा गोलो खालको इयररिङ लगाउनु उपयुक्त हुन्छ। बजारमा २४ इन्च लामो र १८ इन्च चौडा स्कार्फ बढी बिक्री हुन्छन्।