आऊ जीबी आऊ
नेपाल फर्की आऊ
देश बचाऊ
Advertisement
सबै तिम्रो बाटो पर्खी बसेका छन्
तिमी कहाँ लुकी बसेका छौ ?
तिम्रो दर्शन भेट पाउन सबै आतुर छन्
कहाँ गयौ तिमी ?
कतै जमिनले निल्यो कि !
कतै रकेट चढी मंगल गृह पुग्यौ कि ?
कतै पनडुब्बी चढी समुद्र तल बसेका त छैनौ ?
तिम्रा सहकारीमा पैसा जम्मा गरेका
तिम्रो जय जयकार गर्दै
शहर घुमेकै घुम्यै छन्
तिमी आउने प्रतीक्षामा सबैका आँखा विमानस्थलमा टिकेका छन्
संसद, चिया पसल सबै ठाउँ तिम्रै चर्चा छ
तिमीले गर्दा नयाँ नेता जन्मेका छन्
राजनीति चम्केको छ
पैसाको मुठोले हान्न जान्ने
तिमी ठूलो दिलको राजा रहेछौ
आऊ छिटो आऊ
दर्शन भेट दिएर
घुम्टोभित्र लुकेर बसेका
अरू अनुहार पनि सार्वजनिक गर
ती अनुहार हेर्न नेपाली आतुर छन्
आऊ जीबी आऊ
नेपाल फर्की आऊ