काठमाडौँ । कोरोना भाइरस महामारीसँग पछिल्लो दुई वर्ष विश्व जुधिरहेको छ । काेराेनाका कारण विश्वकाे जनजीवनमा ठूलो प्रभाव परेको छ ।
Advertisement
यसैबीच वैज्ञानिकहरूले समुन्द्रमा रहेको भाइरसको बारेमा नयाँ तथ्यांक सार्वजनिक गरेको छ । वैज्ञानिकले पत्ता लगाएको नयाँ तथ्यांकअनुसार हाल समुन्द्रमा मात्रै करिब ५५ सय नयाँ भाइरस फैलिएको छ ।
अमेरिकाको ओहायो राज्यमा रहेको एक युनिभर्सिटीकाे अनुसन्धानले यस्तो तथ्य सार्वजनिक गरेको हो । अनुसन्धानकर्ताका अनुसार प्राप्त भएको भाइरस भारतको अरब सागर तथा हिन्द महासागरकाे उत्तर पश्चिमी इलाका समेत रहेको छ ।
भाइरसबारे अनुसन्धान गर्न वैज्ञानिकहरूले विश्वका सबै समुन्द्रको १२१ क्षेत्रमा रहेहो पानीको ३५ हजार स्याम्पल लिएको थियो । जाँचमा उनीहरूले करिब ५५ हजार नयाँ आरएनए भाइरस पत्ता लगाएको समाचारमा जनाइएको छ । एजेन्सी