काठमाडौँ । सत्ता गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा गठबन्धन दलका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएका छन् ।
Advertisement
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समिति बोलाएको बैठकले स्थानीय निर्वाचनका लागि आएको रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सोही आधारमा गठबन्धन दलले तालमेलको मोडालिटी बनाउने प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँदै छ ।
पौडेल नेतृत्वको उक्त समितिले हिजो सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे रिपोर्ट संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन आजको बैठकमा बुझाउने भएको हो । यसअघि हिजो पनि उक्त समितिको बैठक बसेको थियो ।