काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ पुगेको छ ।
Advertisement
गत साताको अन्तिम दिन शुक्रबार सुन प्रति तोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ९९ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।