• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

प्रपोज गर्नेबेला नगर्नुहोस् यस्ता गल्ती !


    Avatar photo
सोमबार, असोज ०७, २०८१ मा प्रकाशित

काठमाडौं- तपाईंले मन पराउने व्यक्तिले पनि तपाईंलाई मन पराउँछ भने निश्चित रुपमा तपाईंको प्रपोज (प्रस्ताव) स्वीकार हुन्छ तर प्रेम व्यक्त गर्नेबेला केही कुरा ध्यानमा पनि राख्नुपर्छ नभए प्रस्ताव अस्वीकार हुन पनि सक्छ । यदि तपाईं पनि कोही विशेषलाई प्रपोज गर्न चाहनुहुन्छ भने यस्ता गल्ती गर्नबाट बच्नुहोस् ताकि तपाईंको प्रपोजल रिजेक्ट नहोस् ।

Advertisement

हतार नगर्नुहोस्

पुरुष धेरैजसो प्रस्ताव राख्न हतार गर्छन्, यस्तो गर्दा कुरा बिग्रन सक्छ । तपाईंहरु केही दिन अघि मात्रै भेट्नुभएको छ र एक–अर्कालाई राम्रोसँग नचिनिकन तपाईंले प्रपोज गरिदिनुहुन्छ भने तपाईंको प्रस्ताव अस्वीकार हुनसक्छ ।

प्रस्ताव राख्न विशेष दिन

प्रस्ताव राख्नका लागि केही विशेष दिन छान्नु नै उत्कृष्ट हुन्छ । जस्तै भ्यालेन्टाइन्स विकमा प्रपोज डेमा प्रपोज गरिन्छ भने यो निश्चित रुपमा तपाईंका लागि विशेष हुनसक्छ । यसका साथै तपाईंले उनको जन्मदिन, वर्षको विशेष दिन, वर्षको अन्तिम वा पहिलो दिन, कुनै पर्वमा प्रपोज गर्न सक्नुहुन्छ ।

मूड थाहा पाएपछि प्रस्ताव राख्नुहोस्

कहिलेकाँही तपाईंले प्रस्ताव राख्न लागेको व्यक्तिको मूड सही नहुन पनि सक्छ वा ऊ कुनै तनावमा पनि हुनसक्छ । यस्तो बेला प्रस्ताव राख्दा अस्वीकार हुने सम्भावना बढी रहन्छ । त्यसैले प्रस्ताव राख्नुअघि साथीको मूड बुझ्नुहोस् र उनीसँग कुरा गर्नुहोस् ।

शब्द चयनमा ध्यान दिनुहोस्

यदि तपाईंलाई प्रस्ताव राख्नु छ भने तपाईं उहाँका लागि जे महसुस गर्नुहुन्छ त्यसबारे बताउनुहोस् । तपाईंलाई उहाँसँग बस्दा, उहाँबाट टाढा हुँदा कस्तो महसुस हुन्छ, त्यसबारे जानकारी दिनुहोस् । तर हतारमा वा आत्तिएर कुरा गर्दा तपाईंको प्रस्ताव अस्वीकार पनि हुनसक्छ ।

सार्वजनिक स्थानबाट बच्नुहोस्

कतिलाई सार्वजनिक रुपमा प्रेम प्रस्ताव राखेको मनपर्छ भने धेरैजसोलाई यसो गरेको फिटिक्कै मनपर्दैन । सम्बन्धमा रहनका लागि तपाईंहरु दुबैको मनमा भावना जागृत हुन जरुरी छ । यदि तपाईंले कसैलाई सार्वजनिक स्थानमा प्रेम प्रस्ताव राख्नुहुन्छ भने उसलाई झर्को लाग्न सक्छ, त्यसैले प्रस्ताव राख्नका लागि कम भीडभाडयुक्त स्थान छान्नुहोस् ।

विश्वास कायम राख्नुहोस्

यदि तपाई युवतीको मन जित्न चाहनुहुन्छ भने विश्वास कायम गर्नुहोस् किनभने विश्वास बिना कुनै पनि सम्बन्ध चल्दैन । युवतीले तपाईंलाई विश्वास गर्छ भनेर निश्चित भएपछि मात्रै उनलाई प्रस्ताव राख्नुहोस् ।

जवाफका लागि हतार नगर्नुहोस्

केही मानिस प्रस्ताव राख्ने बित्तिकै तुरुन्तै जवाफ चाहन्छन् तर यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यस्तो गर्नबाट जोगिनुहोस् । किनभने प्रस्ताव राखेपछि सोच्नका लागि केही समय तपाईंले दिनुपर्छ । जवाफका लागि बारम्बार दबाब पनि नदिनुहोस् ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.