काठमाडौँ । आज देशका अधिकांश स्थानमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
Advertisement
यस्तै, आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । यी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।