नयाँदिल्ली- कतिपय मानिसलाई आफैंले गाडी, बाइक चलाउन अत्यधिक डर लाग्छ। ड्राइभिङ गर्नुपर्दा हातखुट्टा काँप्छन्, टाउकोदेखि नै पसिना छुट्छ।
अमेरिकाको मोबाइल कम्प्युटिङ कम्पनी ‘द जेबरा’को एक सर्वेअनुसार विश्वको आधाभन्दा बढी जनसंख्यालाई ड्राइभिङसँग डर लाग्छ। उनीहरूको हात काँप्छ, छटपटी हुन्छ। र, फिजिटिङ अर्थात खुट्टा लगलग काँप्न थाल्छन्।
त्यसलाई चिकित्सकीय भाषामा ड्राइभिङ एन्जाइटी भनिन्छ। ड्राइभिङ एन्जाइटी भएका व्यक्तिलाई गाडीको स्पिड, ब्रेक, अन्य सवारी साधनको गतिविधिलगायत गतिविधि व्यवस्थापन गर्न मुश्किल हुन्छ।
यी हुन् ड्राइभिङ फोबियाका संकेत
– ड्राइभिङ गर्ने सोच्दा पनि नर्भस हुनु
– ड्राइभ गर्दै गर्दा पसिना छुट्नु, छटपटी हुनु
– ड्राइभिङ गर्दै गर्दा नकारात्मक सोच आउनु
– ड्राइभ गर्दै गर्दा हातखुट्टा काँप्नु
– दुर्घटना हुने डर लाग्नु
ड्राइभिङ फोबियाका कारण
– सडक दुर्घटनामा नजिकको कुनै व्यक्ति गुमाइएको छ भने
– आफैं पनि कुनै सडक दुर्घटनामा परेर बाँचेको छ भने
– आफ्नै कारण कुनै दुर्घटना भएको छ भने
– भीडभाडका कारण ट्राफिक जाममा छटपटी हुँदा
– ड्राइभिङ सिकेकै बेलामा कुनै नराम्रो अनुभव भएको छ भने
– कमजोर नर्भस सिस्टमका कारण
– स-साना कुरामा पनि एन्जाइटी हुने समस्या छ भने
कसरी हटाउने डर ?
– सबैभन्दा पहिले आफ्नो डरको कारण जानौं र त्यसलाई हटाउने कोशिस गरौं
– ड्राइभिङ गर्नुअघि ५-६ पटक गहिरो श्वास लिऊँ र पानी पिऊँ
– माइन्डफुलनेसको अभ्यास गरौं
– डर भगाउन दैनिक व्यायामलाई आफ्नो जीवनको एक अंग बनाऊँ
– आफैंसँग नकारात्मक विचार नराखौं
– यदि डर अति बढ्यो भने परामर्शदाताको सहायता लिऊँ
भास्कर डट कमबाट