• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गाडी चढ्दा किन हुन्छ उल्टी ?


    Avatar photo
शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- धेरैलाई गाडीको यात्रामा वान्ता हुने समस्या हुन्छ। कसैलाई त गाडी चढ्नासाथ यो समस्या देखिन्छ। यसलाई मोसन सिकनेस भनिन्छ।

Advertisement

कतिपयलाई त हवाई जहाजमा चढ्दा पनि उल्टी हुन्छ। वान्ता हुने कारणले नै धेरैले लामो यात्रा गर्न रुचाउँदैनन् पनि।

चिकित्सकहरूका अनुसार मोसन सिकनेस कुनै बिरामी होइन। शरीरको सेन्ट्रल नर्भस सिस्टम कन्फ्युज हुने कारणले गाडीको यात्रामा वान्ता हुने हो। शरीर त एक ठाउँमा स्थिर भएर बसेको हुन्छ। तर, गाडी गुड्दा शरीर हल्लिइरहेको पनि हुन्छ। त्यस्तो मा दिमागलाई कन्फ्युजिङ सिग्‍नल प्राप्त हुन्छ- शरीर स्थिर छ कि मुभमेन्ट गरिरहेको छ भन्‍ने।

शरीरको यकिन पोजिसनबारे दिमागले सूचना नपाउँदा मोसन सिकनेस हुने गर्छ। जस्तो- यात्राका दौरान आँखा अघिल्तिर सबै कुरा स्थिर देखिन्छन्। तर, झ्यालबाट बाहिर हेर्नासाथ सबै दौडिरहेको जस्तो देखिन्छ। शरीरको आन्तरिक भागहरूलाई लाग्छ तपाईं स्थिर बस्‍नुभएको छ। तर, आँखालाई लाग्छ शरीर मुभमेन्टमा छ। र, त्यसबाट दिमागलाई कन्फ्युजन हुन्छ र रिंगटा लाग्छ अनि वान्ता हुन थाल्छ।

२ देखि १३ वर्षका बालबालिकामा यो समस्या अधिक देखिन्छ। गर्भवती, माइग्रेन, एन्जाइटी, तनावको समस्या भोगिरहेका व्यक्तिहरूलाई पनि मोसन सिकनेस हुन्छ। यस्तै, अत्यधिक मदिरा र नसालु पदार्थको सेवन गर्नेहरू पनि यसको शिकार बन्छन्।

यस्तो समस्या रहेका व्यक्तिहरूले यात्राका दौरान किताब, मोबाइल र ट्याब्लेट टाढै राख्‍नुपर्छ। र, टाढाका वस्तु हेर्ने कोशिस गर्नुपर्छ। पेपरमिन्ट या अदुवा मिश्रित क्यान्डी खाँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोसन सिकनेसका लक्षण

– रिंगटा लाग्‍नु
– वान्ता हुनु
– टाउको दुख्‍नु
– घबराहट महशुस हुनु
– मुखबाट र्‍याल चुहिनु

कसरी बच्‍ने ?

– यात्रा शुरु हुनु केही घण्टाअघि भोजन गरौं
– हेभी खाना खाएर यात्रा नगरौं
– खाली पेट पनि यात्रा नगरौं, जसबाट एसिड रिफ्लक्सको समस्या निम्तिन्छ।
– भोजन हल्का हुनुपर्छ, मसालेदार हुनु हुँदैन
– चिया र कफीबाट टाढै बसौं
– मदिरा सेवन र धुम्रपान नगरौं

कस्तो औषधि खाने, के नगर्ने ?

– यात्रा गर्नुअघि चिकित्सकको सल्लाह लिएर मोसन सिकनेसको औषधि खानूस्।
– आम रूपमा एभोमिन नामक औषधि खाने गरिन्छ। तर, चिकित्सकको सल्लाह लिएर मात्र औषधि खानुपर्छ।
– चिकित्सकले सल्लाह दिएको औषधिको एक चक्की यात्रा शुरु गर्नु १ घण्टाअघि खानूस्।
– उल्टी हुन्छ भने यात्राका दौरान बसको पछाडिको सिटमा नबस्‍नूस्।
– उल्टी हुन्छ भने कारमा पनि ड्राइभरको सिटसँगैको सिटमा बस्‍नूस्।
– गाडी गुडिरहेको विपरीत दिशातर्फ फर्केर नबस्‍नूस्।
– गाडी गुडिरहेको बेला मोबाइल , ल्यापटप या किताब हेर्ने र पढ्ने नगर्नूस्।
– गाडीभन्दा बाहिरको दृश्यमा रमाउने कोशिस गर्नूस्।

शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.