हुनेवाला राजदूत
आ-आफ्ना योजना सुनाउँदै थिए
छान्नेहरू मनमनै हाँसी
उनीहरूको खतरा योजना सुन्दै थिए
Advertisement
म नासाको शाखा कार्यालय
नेपालमा खोल्न लगाउनेछु
म रोनाल्डोको टिम
दशरथ रंगशालामा खेल्न ल्याउनेछु
यो योजना सुनेपछि
अर्का महामहिमले खत्रा योजना सुनाए
म इजरायल-हमासको युद्ध रोक्ने छु
त्यसका लागि इजरायलका प्रधानमन्त्रीलाई
महाभारतको युद्धको
विभिषिकाको कथा सुनाउने छु
अर्की महिला महामहिमले हौसिँदै भनिन्
म त्यहाँको सरकारका सदस्यहरूलाई
देउडा नाच्न सिकाउने छु
त्यहाँका सरकार प्रमुख
नेपाल भ्रमणमा आउँदा
दोहोरी गीत गाउन सक्ने बनाउने छु
यी प्रतिनिधि देशका प्रतिनिधि होइनन्
पार्टीका नेताका प्रतिनिधि हुन्
जो आफ्ना नेताका स्वार्थ पूरा गर्न जाँदै छन्
सबैले बुझेका छन्
यस्ता प्रतिनिधि छानी
जगहँसाइ नगरे हुन्थ्यो
दिक्क मान्दै बडका भलमन्सा
ठग्गालाई भन्दै थिए