काठमाडौँ । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत निला राई मृत फेला परेकी छन् । भोजपुरको हतुवागढी गाउँपालिका २ घर भएकी उनीको शव बिहीबार गोकर्णेश्वर नगरपालिका ३ जगडोल बनमा भेटिएको हो ।
Advertisement
पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत उनको बायाँ हातको नाडीमा ब्लेडले काटेको देखिएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी काठमाडौं महानगरपालिका ६ कपनस्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ ।