काठमाडौं- काठमाडौं महानगरपालिका-१३ सोल्टि दोबाटोस्थित सडकमा बा.१७ च ४९०३ नम्बरको भ्यानले प्र.३ ०२-०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका-२ बस्ने ३० वर्षीय किसोर सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।
ललितपुर माहालक्ष्मी नगरपालिका-८ लुभु बिष्णुडोलस्थित सडकमा बा.१६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका-९ घर भई ललितपुर लुभु बस्ने बिमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन रत्ननगर नगरपालिका-१० स्थित सडकमा बागमती प्रदेश ०३-०२ प ३१४८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा दमक नगरपालिका-१० जहदा टोलस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही नगरपालिका-८ बस्ने २३ वर्षीय विकास ताजपुरियाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको एड्भान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा संखुवाप्रसौनी गाउँपालिका-२ गुल्बरियास्थित सडकमा प्रदेश नं.२-०३-००१ त ४०९४ नम्बरको ट्याक्टरको टेलरबाट खसेर सोही ठाउँ बस्ने धनिलाल यादवको ५ वर्षीय छोरा रितेश कुमार यादवको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरको टेलरबाट खसेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे रोशी गाउँपालिका-९ चिउरीबासस्थित सडकमा प्रदेश ३-०२-००१ प ३६४८ नम्बरको मोटरसाइकल बा.४ ख ५८०१ नम्बरको बसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका-२ बस्ने २४ वर्षीय सरोज कुवँरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।