बैतडी– बैतडीमा बिषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।
Advertisement
मेलौली नगरपालिका वडा नम्बर ३ की २७ बर्षीया गोमती चन्दको बिषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
मंगलबार दिउँसो घरमै सल्फास नामक बिषादी सेवन गरेकी चन्दलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्याएपनि उनको मंगलबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।