काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताएका छन्।
Advertisement
पार्टी सम्वद्ध रुकुमपश्चिम-काठमाडौं सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने बताएका हुन्। उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार व्यक्त गरे।
पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टी व्यक्त गर्दै उनले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने बताए।
नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, “अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो।”