काठमाडौं- सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
Advertisement
सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका वडा नम्बर २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले जानकारी दिए ।
वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उनीहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिएका छन्।
दुर्घटनापछि बिपी राजमार्ग अवरुद्ध भएको छ।