काठमाडौं- नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइदैँन् । सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ । विधिको शासनमा चल्नु पर्छ । सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ । विजुली प्रयोग गरेको छैन् भने अन्याय हुन दिदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ ।’
यसको साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।