• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

देशभरका शिवालयमा भक्तजनको घुइँचो


सोमबार, साउन २८, २०८१ मा प्रकाशित

काठमाडौं- आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

Advertisement

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनको बिहानदेखि घुइँचो लागेको छ ।

देवघाटमा ५० हजार भक्तजन आउने

तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा आज बोलबम मेला भर्न करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिएका छन्। तेस्रो सोमबार ३५ हजार, पहिलो र दोस्रो सोमबार २५/२५ भक्तजन आएका उनले बताए । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा रहेको देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजन आउने गरेका निर्देशक बरालले उल्लेख गरे । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

सप्तरीका शिवालयमा व्रतालुको घुइँचो

सप्तरीमा रहेका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । विशेष गरी साउनको सोमबार व्रत बसेर आज समापन गर्नेहरुको घुइँचो लागेको स्थानीय रामनाथ यादवले बताए।

साउनमा शिवजीको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत शान्ति प्राप्त हुने विश्वास वैदिक शास्त्रमा उल्लेख गरिएकाले यहाँका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको उनले उल्लेख गरे।

जिल्लाको राजविराज नगरपालिकास्थित हरिनन्देश्वर, महादेवा गाउँपालिकाको अकुरी, हनुमानगर कङ्कालिनी नगरपालिका–२ स्थित महादेव, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ महादेवको मन्दिर तथा जिल्लाको वीरेन्द्र बजारबाट उत्तर चुरै पहाडमा अवस्थित शनिशिव धाममा भक्तजनको घुइँचो लागेको छ ।

सिद्धेश्वर शिवालयमा वैदिक विधिपूर्वक विशेष गरिँदै

अर्घाखाँचीको भक्तिटोला चुत्राबेँसीस्थित सिद्धेश्वर शिवालयमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको छ । रुद्री तथा शिवजीको विशेष पूजामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको मन्दिरका पुजारी पण्डित सुमन्तप्रसाद पोख्रेलले बताए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग स्थापना गरी दैनिक वैदिक विधिपूर्वक पूजाआजा गरिँदै आइएको बताउँदै आज समापन गरिने मन्दिरका संरक्षक नारायणप्रसाद खनालले बताए ।

गलेश्वर शिवालयमा एक महिनामा एक लाखले दर्शन गरे

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान् शिवको पूजाआराधनाका लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाडौँलगायत ठाउँबाट उल्लेख्य मात्रामा भक्तजनक आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको चारवटै सोमबार भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर लाइन व्यवस्थित गरी सहज पूजा गर्ने वातावरण मिलाइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय धार्मिक पर्यटकले समेत गलेश्वरको दर्शन गरेका उनले बताए।

गत वर्ष मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटीबाट रु ५८ लाख ४० हजार पाँच सय १० आम्दानी भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार यस वर्षको साउन तेस्रो सोमबारसम्म गलेश्वर शिवलायमा रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ

भर्खरै

  • १.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ४.
    टिपरको ठक्करबाट मृत्यु

  • ५.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ६.
    कारागारबाट फरार माझी पक्राउ

  • ७.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ८.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.