काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल विद्युत् प्राधिकरण रिक्त सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
Advertisement
नियुक्त भएका कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ पनि हुन् । कार्की र गुरुङ ऊर्जा क्षेत्रमा अनुभवी मानिन्छन् ।
सरकारले सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएपछि रिक्त स्थानमा उनीहरूलाई नियुक्त गरेको हो ।