दार्चुला- दार्चुलामा एक गोठमा आगलागी भएको छ।
Advertisement
जिल्लाको शैल्यशिखर नगरपालिका–३ दर्माका तेजसिं खत्रीको गोठमा आगलागी भएको हो।
गोठमा किरा भगाउँन बालेको आगो गोठमा सल्केर आगलागी भएको हो। आगलागीबाट एक गोरु र एक भैँसी मरेको छ।
गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ। मानवीय क्षती भने केही नभएको प्रहरीले जनाएको छ।