• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कामु प्रधानसेनापतिमा अशोकराज


    Avatar photo
मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित

काठमाडौं- सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी सम्हालिरहेका रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ। सिग्देलले साउन २५ गतेदेखि कामु प्रधानसेनापतिका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। भदौ २४ मा आफ्नो कार्यकाल पूरा गर्न लागेका प्रधानसेनापति प्रभुराम शर्मा आगामी साउन २४ गतेसम्म जिम्मेवारीमा रहनेछन्। त्यसपछि उनी बिदा बस्नेछन्।

Advertisement

एक महिना कामु चलाएपछि सिग्देल भदौ २४ मा प्रधानसेनापति नियुक्त हुनेछन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिग्देललाई कामु सेनापति नियुक्तिको निर्णय गरेको हो। प्रधानसेनापति शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

शर्माले सेनाको नेतृत्वमा विवाद नभएका व्यक्ति चयन हुनुपर्ने बताउँदै आएका थिए। सिग्देल अहिलेसम्म कुनै पनि काममा विवादमा नआएका र अध्ययन नगरी कुनै पनि काम अघि नबढाउने सैनिक अधिकृत हुन्। उनले सेनाभित्रका रणनीतिकार भनेर पनि पहिचान बनाएका छन्।

सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, विश्वशान्ति, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन्। उनले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण पनि लिएका छन्।

नेपाली सेनालाई व्यावसायिक र अब्बल बनाउन लिइने सबैखाले प्रशिक्षण लिएर आफूलाई पहिलो पंक्तिमा राख्न सफल सैन्य अधिकृत हुन् उनी। सिग्देलले छोटो अवधिको, मध्यम अवधिको र लामो अवधिको सबैखाले प्रशिक्षण लिएका छन्। प्रधानसेनापति हुनका लागि गर्नुपर्ने हाइयर कमान्ड तथा म्यानेजमेन्ट प्रशिक्षणमा उनी प्रथम भएका थिए।

मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.