काठमाडौँ । रुसले युक्रेनमाथि हमला गरेसँगै ३९ लाख युक्रेनी नागरिकले देश छाडेका छन् । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसीआरका अनुसार देश छोडेका युक्रेनी शरणार्थी निराश भएका छन् ।
Advertisement
युनएचसीआरका अनुसार मंगलबारसम्म कूल ३९ लाखले देश छाडेका हुन् । पछिल्ला दिनमा शरणार्थीको दैनिक प्रवाह ४० हजारभन्दा माथि रहेको छ ।
‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, युएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने ।
युक्रेनी शरणार्थीबाहेक देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनी नागरिकहरूसमेत पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।