काठमाडौं– सामान्यतया पुरस्कृत वा सम्मानित भएको अवस्थाबाहेक समाचार बनाउनेहरूको समाचार खासै बन्दैनन्। मंगलबार काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा धेरै अग्रज संचारकर्मीहरू भेला भएका थिए। जुन समाचार बन्न लायक थियो।
अवसर थियो, कान्तिपुर र द काठमाडौं पोस्टका संस्थापक सम्पादक योगेश उपाध्यायको उपस्थिति। उपाध्याय लामो समयदेखि अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन्। उनै उपाध्यायले आफ्नो छोटो काठमाडौं बसाइको मौकामा कान्तिपुरको र द काठमाडौं पोस्टको शुरुवाती दिनमा सलग्न पत्रकारहरूसँग भेटघाटमा व्यस्त भए।
उक्त अवसरमा कान्तिपुर प्रकाशनको शुरुवात गर्ने गोयन्का प्रकाशनका श्याम गोयन्का, नागरिक दैनिकका प्रकाशक बिनोद ज्ञवाली, शुरुवाती दिनका पत्रकारहरू तारानाथ दाहाल, तिर्थ कोइराला, हरिबहादुर थापा, प्रतिक प्रधान, कोसमोस बिश्वकर्मा, कृष्ण मुरारी भण्डारी, शरद गौतम, श्रीरामसिंह बस्नेत, अर्जुन भण्डारी, गुणराज लुइँटेलका साथै कान्तिपुरको पहिलो फोटो पत्रकार चन्द्रशेखर कार्कीलगायतको उपस्थिति थियो।
उक्त अवसरमा तारानाथ दाहाल र तिर्थ कोइरालाले उपाध्यायले पत्रकारिता छेत्रमा गरेको योगदानको चर्चा गरे। उनीहरू स्थापनाकालदेखिका पुराना पलहरूको सम्झना गरे।
सोही अवसरको कान्तिपुरमा करिव २३ वर्ष काम गरेका फोटो पत्रकार विकास रौनियारले खिचेका केहि तस्विरहरूः
